अखिल (क्रान्तिकारी) सुनकोशी गाउँ पालिका कमिटीको अध्यक्षमा सुजन पौडल सर्वसम्मत

साउन २७, सिन्धुली/अखिल (क्रान्तिकारी) सुनकोशी गाउँ पालिका कमिटीको अध्यक्षमा सुजन पौडल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा सुनकोशी पालिका इन्चार्ज भेषराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले पौडेलको अध्यक्षतामा ३९ सदस्यीय गाउँ कमिटी चयन गरेको थियो ।
नयाँ कमिटीको उपाध्यक्षहरुमा सविन चौलागाई, देवकी थापा मगर, आयुस नेपाली, सचिवमा सुमन राना, सहसचिवमा युनिषा नेपाली, जेनिषा योन्जन, विवेक मोक्तान र कोषाध्यक्षमा उषा वसेल सहित ३९ सदस्यीय नयाँ कमिटी गठन भएको जनाइएको छ ।
नव निर्वाचित कमिटीलाई शुभकामना व्यक्त गर्नुहुँदै नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा सुनकोशी पालिका इन्चार्ज भेषराज दाहालले राज्यको हरेक क्षेत्र को परिवर्तनमा विद्यार्थीको सक्रिय भूमिका हुने भएकोले विद्यार्थीले राजनैतिक झण्डा नबोकेपनि राजनीति भने अवश्य नै बुझ्नुपर्ने वताउनुभएको छ ।
हाल विभिन्न पार्टीमा नेतृत्वहरु विद्यार्थी राजनितीबाटै उदाएको कारण यस्ता भेला सम्मेलन र शैक्षिक गतिविधिले सक्षम नागरिक उत्पादन गर्न सघाउने प्रष्ट पार्नुभयो ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य दिपा बोहोराले शैक्षिक सस्थामा रहेका विकृति हटाउन विद्यार्थी संगठनको सकारात्मक पहलकदमी हुनुपर्ने पक्षमा आवश्यक काम गर्न विद्यार्थी संगठनसँग पालिका सरकारको तर्फवाट सहकार्य गर्न सकिने बताउनुभयो । त्यस्तै उहाँले हरेक शैक्षिक संस्थामा राम्रो अध्ययन गराउने वातावरण तयार गर्न विद्यार्थी संगठनले सृजनात्मक सहयोग गर्नुपर्ने वताउनुभयो ।
अखिल(क्रान्तिकारी) सिन्धुली जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठ विशेष अतिथि भानुभक्त श्रेष्ठले अखिल(क्रान्तिकारी) ले विद्यालयमा विद्यार्थीले पाउने सेवा सुविधा पाए नपाएको निगरानी राखि नपाएको भए पाउन आवाज उठाउनुपर्ने कुरामा जोड दिनुभयो ।
छात्रा मैत्री शौचालय , अनिवार्य स्यानिटरी प्याड वितरणमा विद्यालयले व्यवस्थापन गर्नुपर्ने, विद्यालयमा परिक्षा को नतिजा विग्रेपछी विद्यार्थीले आत्महत्या गर्ने लगायतका गतिविधि बढेकोले र विविध घटनाले विद्यार्थीको जीवनमा नैरेश्यता वढ्न नदिन विद्यालय शिक्षामा त्यस सन्दर्भमा विद्यार्थी मैत्री मनोपरामर्श दिने कक्षाहरु नियमित रुपमा सञ्चालन गर्न संगठन ले दवाव अभियान चलाउनुपर्ने समेत वताउनुभयो ।
कर्यक्रममा बागमती प्रदेश पार्टी सल्लाहाकार सदस्य दयाराम रन्जित , अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्यहरु धन बहादुर श्रेष्ठ, विजय खड्का, बिनोद कुमार कार्की, गुणराज कालिकोटे(राजन), बज्रध्वज लामा, पार्टी जिल्ला समन्वय समिति सदस्यहरु ल्गायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *