सवारी दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु

साउन २५,सिन्धुली\जिल्लामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहि चक्रघट्टा गाउँपालिका –५ का गणेष राय (३५) रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बिहिबार साँझ रायले चलाएको सर्लाहीबाट काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००छ प –३७५५ नम्बरको मोटरसाइकललाई काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०४८७ नम्बरको पिकअप गाडिले ठक्कर दिएको थियो ।

पिकअप गाडिले ठक्कर दिदा गम्भीर घाइते भएका मोटरसाइकल चालक र सोहि मोटरसाइकलमा सवार धिरेन्द्र कुमार ठाकुरको धुलिखेल अस्पतालमा अपचारको क्रममा शुक्रबार मोटरसाइकल चालक रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

अर्का घाइते ठाकुरको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने पिकअप गाडि र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *