• साउन ४, सिन्धुली/सिन्धुलीमा अटो पल्टिदा एक जनाको ज्यान गएको छ । शुक्रबार मध्यपहाडी राजमार्ग अन्र्तगत गोलन्जोर गाउँपालिका –३ स्थित खुर्कोटबाट सुलिभन्ज्याङ तर्फ जाँदै गरेको प्रदेश २–०२–००१–१३७१ नम्बरको अटो कोप्रेमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

    अटो पल्टिएर मृत्यु हुनेमा कमलामाई नगरपालिका–१३ रानीबासकी ३३ वर्षीय मन्दिरा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिनुभयो । रानीबासबाट वितिजोर माइती हिँडेकी पौडेल माइती नपुग्दै बीच बाटोमा नै अटो पल्टिएर ज्यान गएको छ ।

    अटोले पदैलयात्री गोलञ्जोर गाउँपालिका–६ बस्ने २२ वर्षीया एकुमाया दमाईलाई ठक्कर दिएर अनियन्त्रित भई सडक बाट ३० मिटर तल खसेको थियो । प्रहरी प्रवक्ता खड्काका अनुसार अटोमा सवार र अटोले ठक्कर दिदा सात जना घाइते भएका छन् ।

    घाइतेहरु गोलन्जोर–२ का ६० वर्षीय शेरबहादुर सार्की, सोही स्थानका ५१ वर्षीय लोक बहादुर कार्की, गोलञ्जोर–६ की ४० वर्षीय राममाया तामाङ, गोलन्जोर–४ का सन्तोष तामाङ , गोलान्जोर –६ २१ वर्षीय एकमाया दमाई, र मृतक पौडेलका ११ वर्षीय छोरा तीर्थराज पौडेल र ९ वर्षकी वालिका सविना पौडेल घाइते रहेका हुन् ।

    घाइतेहरूको सुनकोशी सामुदायीक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । अटो चालक हेम बहादुर ठकुरी सामान्य घाइते रहेका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।