• साउन २, सिन्धुली/जिल्लामा आर्थिक बर्ष २०८०/८१ मा १ हजार ६८ वटा मुद्धा फर्छ्योट भएको छ । जिल्ला अदालत सिन्धुलीको अनुसार आर्थिक बर्ष २०८०/८१ को साउन बाट असार सम्ममा विभिन्न प्रकृतिका १ हजार ७ सय २७ मुद्धा दर्ता भएकोमा १ हजार ६८ वटा मुद्धा फर्छ्योट भएको हो ।
    जिल्ला अदालत सिन्धुलीका श्रेस्तेदार विदुर प्रसाद कोइरालाका अनुसार जिम्मेवारी सरी आएको ९ सय ४० वटा, नयाँ दर्ता ८ सय ३ वटा गरी जम्मा १ हजार ७ सय २७ वटा मुद्धामा १ हजार ६८ वटा मुद्धा फछ्र्यौट भएको र ६ सय ५९ वटा मुद्धा बाँकि रहेको छ ।
    जिल्लामा सम्बन्ध विच्छेदका मुद्धामा बृद्धि भएको पाइएको छ । सम्बन्ध विच्छेदका मुद्धा आर्थिक बर्ष २०७९/८० बाट सरि आएको ४६३ वटा मुद्धामा ३५० वटा फछ्र्यौट भएको र ९५ वटा बाँकि रहेको छ भने आर्थिक बर्ष २०८०/८१ मा नयाँ दर्ता भएको ३४१ वटा सम्बन्ध विच्छेदका मुद्धामा २४६ वटा फछ्र्यौट र ९५ वटा बाँकि रहेको श्रेष्तेदार कोइरालाले जानकारी दिनुभयो ।
    जवरजस्ती करणीको ३० वटा मुद्धा दर्ता भएकोमा ६ वटा फछ्र्यौट र २४ वटा बाँकि रहेका छ भने सवारी ज्यान मुद्धाको २० वटा दर्ता भएकोमा १२ वटा फछ्र्यौट र ८ वटा बाँकि रहेको छ । त्यस्तै लागुऔषध सम्बन्धी २६ वटा मुद्धा दर्ता भएकोमा १० वटा फछ्र्यौट र १६ वटा बाँकि र घरेलु हिँसाको मुद्धा यो बर्ष १ वटा मात्र दर्ता भएको जनाइएको छ ।
    आर्थिक बर्ष २०८०/८१ मा दर्ता भएको मुद्धाको ४५ प्रतिशत मुद्धा सम्बन्ध विच्छेदको रहेको श्रेष्तेदार कोेइरालाले जानकारी दिनुभयो । आक्रोसित,वैदेशिक रोजगार, अधैर्यताको कारण सम्बन्ध विच्छेद हुने गरेको पाइएको उहाँले बताउनुभयो । त्यस्तै जिल्ला अदालतमा विशेष प्रकृतिको निवेदन अधिकृत वारेशनामा १६ वटा,मुत्युको न्यायिक घोषणा ५वटा,दर्ताद्धारा विवाह १५ वटा, धर्मपुत्र नियुक्ति १ र संरक्षक नियुक्ति १ वटा रहेको थियो ।