• असार ३१, सिन्धुली/अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सोमबार अर्धबार्षिक पुर्व समिक्षा कार्यक्रमको आयोजना गरेको छ । (इन्सेक)ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलित घटनाहरुको अर्ध–बार्षिक समिक्षा गरिएको थियो ।
    समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नबिनबाबु अधिकारीले २०८० पुस १६ गतेदेखि २०८१ असार १६ गते सम्म भएका मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित भएकाको विवरण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    जसमा ६ जना बालिका माथि जवरजस्ती करणी भएको छ भने २ जना बालिकामा जवरजस्ती करणीको प्रयास भएको छ । त्यस्तै १ जना बेचविखन र १ जना यौन दुव्र्यवहार भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा ३ जना महिलामा जबरजस्ती करणी प्रयास, ३ वहुविवाह,१ वेचविखन र ४९ जनामा घरेलु हिंसा भएको इन्सेक प्रतिनिधि अधिकारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    समिक्षा कार्यक्रममा जल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लले पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा घरेलुहिँसा,जवरजस्तीकरणी,लगायता घटना कमी भएको बताउनु भएको छ । उहाँले पीडितलाई न्याय दिने र पीडकलाई कानुनी दायरामा ल्याउने कार्य कडाईको साथ गर्दै आएको बताउनुभयो ।
    अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार उल्लङ्घनका घटनाको अध्ययन,अनुगमन,अभिलेख, तथा पैरवि गर्ने काम गर्दै आएको छ । तथ्य,तथ्याङ्क,विश्लेषण र अवस्था अनुगमनको आधारमा इन्सकेले प्रतिवेदन तयार गर्दछ ।