फोनिजद्धारा महासंघका अध्यक्षलाई ७ दिने अल्टिमेटम सहित स्मरणपत्र

फागुन १५,सिन्धुली/नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष रोहित गुरुङको नेतृत्वमा सात दिने अल्टिमेटम सहित स्मरणपत्र बुझाइएको छ ।
‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को देशैभर आन्दोलनको सर्कुलर कार्यक्रम अन्र्तगत आज जिल्ला महासंघका अध्यक्षलाई स्मरणपत्र बुझाइएको हो ।
फोनिज नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत छ । तथ्य र प्रमाणको आधारमा नेपाल पत्रकार महासंघ (तत्कालिन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा सम्पुर्ण समितिबाट माग गरिएको थियो ।
तर गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएकोले सहासंघको नीतिविरुद्ध फोनिज निर्णयक आन्दोलनको चरणमा पुगेको स्मरणपत्रमा उल्लेख गरिएको छ ।
७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम नभए महासंघको केन्द्रिय कार्यालय सहित देशैैभरका कार्यालयहरुमा तालाबन्दी गरिने फोनिजले निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले स्मरणपत्र बुझ्नुहुँदै इतिहास भनेको आउने समयमा भेटिएका प्रमाणहरुलाई आधार मानेर सच्याउन सकिने बताउनु भयो । तर महासंघको प्रमाणको बिषयमा आफु जानकार नभएको भन्दै केन्द्रिय समितिले टुङ्गो लगाउने बताउनुभयो ।
अध्यक्ष घिमीरेले इतिहास मार्न नपाइने तर्क व्यक्त गर्नुभयो । “यदि सत्य हो भने सो कुरा कार्यान्वयन गर्न पत्रकार महासंघलाई अप्ठ्यारो हुने बिषय पनि हैन । जव सत्यतथ्य प्रमाण भेटिन्छ तव इतिहासलाई सच्याउन पनि सक्नु पर्छ ; अध्यक्ष घिमिरेले भन्नुभयो ।
नेपाल पत्रकार महासंघलाई भेटिएका प्रमाणहरुलाई आधारिकता दिन आग्रह समेत गरिने उहाँले बताउनुभयो । साथै अध्यक्ष घिमिरेले फोनिजको आन्दोलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले एक्येवद्धता जनाउने प्रतिवद्धता गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले घोषणा गरेको सात दिने आन्दोलनका कार्यक्रमहरु
१) फागुन १४ गते विहान ७ बजे फोनिजका सवै समितिका नेतृत्वसंग आन्दोलनबारे भर्चुअल संवाद गर्ने
२) फागुन १५ गते विहान ११ वजे नेपाल पत्रकार महासंघका सवै शाखालाई फोनिजका सबै समिति मार्फत ७ दिने अल्टिमेटम सहित ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने माग सहित स्मरणपत्र बुझाउने ।
३) फागुन १६ गते ११ वजे सरोकारवाला पत्रकारनज्य संघसँस्था र व्यक्तिहरुसँग छलफल गर्ने ।
४) फागुन १७ गते ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने सन्देश फोनिजका सम्पुर्ण सदस्यहरुले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल,वरिष्ठ उपाध्यक्ष रमेश विष्ठ,महासनिव रोशन पुरीलाई मोबाइलमा पठाउने ।
५)फागुन १९ गते फोनिजका सम्पुर्ण सदस्यहरुले ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्कृनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबुक लगायत सामाजिक सन्जालहरुमा पोष्ट गर्ने ।
६) स्मरणपत्र बुझाएको मितिले ७ दिनभित्र माग पूरा नभएमा फागुन २१ गते नेपाल पत्रकार महासंघको केन्द्र,प्रदेश र सवै जिल्लाशाखाहरुमा अनिश्चितकालीन तालाबन्दी गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *