सिन्धुली अस्पताल बन्द हुने अवस्थामा, पारिश्रमिक नपाएको भन्दै करारका स्वास्थ्यकर्मीहरुको अल्टिमेटम
पुस १२, सिन्धुली/ सिन्धुली अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अस्पतालको सेवा बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरुले पारिश्रमिक र दशैं तिहारको चाडवाड खर्च सुविधा नपाएको भन्दै काम बन्द गर्ने चेतावनी दिएका हुन् ।
आज १३ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालका मेडिकल सुरिटेण्डेण्टलाई संयुक्त पत्र बुझाउँदै यही पुस १९ गतेसम्म पारिश्रमिक र चाडवाड खर्च सुविधा उपलब्ध गराउन अल्टिमेटम दिएका छन् । माग पूरा नभए उक्त दिनबाट अस्पतालको इनपेसेन्ट, ओपिडी, आपत्कालीनलगायत सम्पूर्ण सेवा बन्द गर्ने उनीहरुको चेतावनी छ ।
साथै, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत यसबारे बोधार्थ पठाइएको छ ।
प्रतिक्रिया