एक महिनामा १ हजार भन्दा बढि चालकहरुको रक्तचाप र आँखा परिक्षण

कार्तिक २१, सिन्धुली/सिन्धुलीमा १ महिनामा १ हजार १ सय ३८ जना चालकहरुको रक्तचाप र आँखा परिक्षण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली आँखा अस्पतालको प्राविधिक सहयोगमा गत असोज २३ गतेबाट सवारी चालकहरुको स्वास्थ्य अवस्था परिक्षण गर्न सुरु गरिएको थियो । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रत्येक हप्ताको मंगलबार र शुक्रबार सवारी चालकहरुको रक्तचाप र आँखा परिक्षण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।

सोहि कार्यक्रम अन्तर्गत हाल सम्म १ हजार १ सय ३८ जना चालकहरुको रक्तचाप र आँखा परिक्षण गरिएको उहाँले बताउनु भयो । विपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ६ माझिटार चेकपोष्ट र गोलन्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोेट चेकपोष्टमा सवारी चालककाे स्वास्थ्य परिक्षण गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *