सुरक्षालाई मध्यनजर गरी मरिणको कपिलाकोट चोकमा हाइ मास्ट लाईट जडान

कार्तिक ३,सिन्धुली/चाडपर्वको समयमा सुरक्षालाई मध्यनजर गरी सिन्धुलीको मरिण गाउँपालिकाको वडा नम्बर ६ को कपिलाकोटको हस्पिटल चोकमा हाइमास्ट लाईट जडान गरिएको छ । चाडपर्वको समयमा सुरक्षा बढाइने उदेश्यले मानिसको आवात जावत तथा भिडभाड हुने क्षेत्रमा हाइमास्ट लाईट जडान गरिएको हो ।
उक्त चोकमा प्राथमिक स्वास्थ्य केन्द्र,विभिन्न बैंकका शाखा,तथा सहकारी लगायतका कार्यालयहरु भएकाले गाउँपालिकाले हाइमास्ट लाईट जडान गरिएको गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) ले बताउनु भयो ।
गाउँपालिकाको १० लाख बजेटमा उक्त लाईट जडान गरिएको हो । लाईट जडान गरेपछि वरपर उज्यालो भएको छ । रातिको समयमा दुर्घटना,चोरी,डकैती तथा अन्य घटनाका लागि सुरक्षित गर्नको लागि लाईट जडान गरिएको अध्यक्ष मोक्तानले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *