नि:शुल्क ब्लड बैंक स्थापनाको लागि १ लाख ८९ हजार सहयोग हस्तान्तरण

भदौ ८, सिन्धुली/नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाबाट नि:शुल्क ब्लड उपलब्ध गराउनका लागि स्थापना गर्न लागिएको रु. १ करोड रुपैयाँको अक्षय कोष स्थापनाका लागि आज १ लाख ८९ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष कर्ण घिसिङले ५१ हजार १ सय ५१ रूपैया सहयो गर्नु भएको छ । बुवा स्व. लाल बहादुर घिसिङको सम्झनामा छोरा/बुहारी कर्ण बहादुर घिसिङ / कुमारी बुद्धिमाया स्याङ्तान (राज कुमारी घिसिङ)ले आज नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति असोक श्रष्ठलाई रकम हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै व्यपत्त हुनुभएका श्रीमान चित्रनारायण श्रेष्ठको सम्झनामा क.न.पा. ४ ढुंग्रेबास श्रीमती सावित्रा श्रेष्ठले २६ हजार, स्व.चुडामणि श्रेष्ठको सम्झनामा क.न.पा.४, सिन्धुली निवासी श्रीमती धन कुमारी श्रेष्ठले २५ हजार ५ सय, क.न.पा.४, सिन्धुली निवासी नारायण कुमार पोखरेलले २५ हजार २ सय २२, हरि बहादुर कार्की, क.न.पा.-११ रानिचुरी (हाल:काठमाडौं ) सिन्धुलीले २५ हजार, भोला प्रसाद अधिकारी, क.न.पा.-५ सिन्धुलीले – २५ हजार ५ सय ९९, ज्ञानेन्द्र प्रसाद घोरसाइनी, क.न.पा.- ६ शिबनगर सिन्धुलीले ५ हजार १ सय १५ र सन्जिता सुबेदी, क.न.पा.- ५, गैयाटार सिन्धुलीले ५ हजार ५ सय ५५ रूपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको सभापति श्रेष्ठले जानकारी दिनु भयो ।

आकस्मिक रुपमा पुर्याउनु पर्ने मानवीय सेवाको लागि गर्नुभएको सहयोग प्रति सभापति श्रष्ठले हार्दिक आभार व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्न भएको छ।

उक्त कोषबाट ब्लड बैक संचालन तथा ब्यबस्थापन गरि बिरामीहरुलाई नि:शुल्क ब्लड उपलब्ध गराउने उदेश्य सहितको अभियानमा सहयोग पुर्याउनु हुन सभापति श्रेष्ठले सबैमा अपिल गर्नु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *