अपराधीलाई उन्मुक्ति दिने उद्देश्यले एमालेले उच्चस्तरिय छानबिन समिति बनाउन खोजेको हो : सासद दाहाल
साउन २६,सिन्धुली/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) ले अपराधीहरुलाई उन्मुक्ति दिने उदेश्य सहित नेकपा एमालले उच्चस्तरिय छानबिन समिति बनाउन खोजिएको बताउनु भएको छ । दाहालले आज एक कार्यक्रममा बोल्नुहुदै एमालेको सो प्रक्रियालाई स्वीकार गर्न नसक्ने बताउनु भएको हो ।
दाहालले एमालेको नियत भनेकै उच्चस्तरीय छानबिन समिति बनाएर जतिसक्दो समयान्तर गरी अपराधमा संलग्न मानिसलाई छुटकारा दिन,प्रमाण नष्ट गर्न र सुन तस्करलाई उन्मुक्ति दिनलाई रचिएको षड्यन्त्र भएकाले स्वीकार्य नहुने बताउनु भएको छ ।
गृहमन्त्रीले सदनबाट सीआईबीलाई छानबिनको लागि ३५ दिनको समय माग गरेर यदि चित्त नबुझे उच्चस्तरीय छानबिन समिति बनाउन तयार रहेको बताएपनि एमालेले अटेर गरेर बैठक अबरोध गर्नु अपराधिलाई सघाउने स्पष्ट नियत रहेको दाहालको भनाई छ ।
उहाँले भन्नुभयो “ सरकारको लक्ष्य सुन तस्करी,अपारधमा संलग्न व्यक्ति समक्ष पुग्ने छ । एमालले अनुसन्धानलाई गिजोल्न पाइदैन । यदि अनुसन्धानको क्रममा सिआईबी असराधि समक्ष पुगेन भने एमालले बनाउन खोजिएको समितिमा प्रत्यक्ष सहभायी हुन्छौँ । ”
माओवादी केन्द्रका कुनैपनि नेता वा कार्यकर्ता भष्ट्राचार वा अन्यकुनै अपराधमा संलग्न भए कानुनको दायरामा आउने बताउनुहुँदै दाहालले अपारधिको कुनै पार्टि नहुने बताउनु भयो ।


