जिल्लामै पहिलो पटक मरिण गाउँपालिकाको “हरित विद्यालय निर्माण” कार्यक्रम
साउन २, सिन्धुली/मरिण गाउँपालिकाको “हरित विद्यालय निर्माण” कार्यक्रम अन्र्तगत पालिका भित्रका विद्यालय, क्याम्पस र सरकारी कार्यालयहरुमा बृक्षारोपण गरिएको छ ।
सामुदायिक विद्यालयको वातावरणलाई हरियाली बनाएर विद्यार्थी र अभिभावकको आकर्षण बढाउने उद्देश्यलेले जिल्लामै पहिलो पटक मरिण गाउँपालिकाले “हरित विद्यालय निर्माण” कार्यक्रम कार्यान्वयन गर्न थालिएको हो ।
हरियालीमा विद्यार्थीहरुहलाई पढ्न रुचि बढ्ने भएकाले मरिण गाउँपालिकाको निति तथा कार्यक्रममा उक्त कार्यक्रमलाई ८ लाख ४ हजार ६ सय रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात)ले बताउनु भएको छ ।
गाउँपालिका भित्र रहेका ४८ वटा विद्यालय, क्याम्पस र अन्य सरकारी कार्यालयहरुको स्वामित्वमा रहेको खाली जग्गामा असोक, कागती, आँप, लिचि लगायतका विरुवा रोपिएको अध्यक्ष मोक्तानले बताउनु भयो । मिरण गाउँपालिकाले जिल्लामा नै पहिलो पटक एकै पटक ४८ वटा विद्यालय तथा क्याम्पस र सरकारी कार्यालयमा वृक्षारोपण गरिएको हो ।
हाल सम्म ३ हजार बिरुवा रोपिएका छन् । बिद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय ब्यबस्थापन समितीका सदस्यहरुलाई बिरुवाको संरक्षणको जिम्मेवारी बाँडफाँड गरिएको छ ।
बृक्षारोपण गरेर मात्रै नहुने भएकाले विरुवाको संरक्षणको निम्ती जिम्मा दिइएको ब्यक्तिहरुले आफ्नो जिम्मेवारी निस्वार्थ रुपमा पुरा गर्न अध्यक्ष मोक्तानले निर्देशन दिनुभयो । बृक्षरोपणको निम्ती पालिका अध्यक्ष प्रत्येक विद्यालय र सरकारी कार्यालय पुग्नुभएको छ ।
विद्यालयमा विद्यार्थी र अभिभावकको ध्यानाकर्षण गर्न, सामुदायिक विद्यालयमा सौन्दर्य बढाउन, वातावरण संरक्षणमा टेवा पु¥याउने उदेश्यले बृक्षारोपण गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानको भनाई छ ।