जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीद्धारा जिल्लाका पत्रकारसंग अन्र्तक्रिया

असार २०,सिन्धुली/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले जिल्लाका पत्रकारसंग अन्र्तक्रिया कार्यक्रम गरेको छ । आयुर्वेद सेवाको प्रबर्धन गर्न स्थानीयस्तरका पत्रकारहरुसंग अन्र्तक्रिया गरेको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धलीका प्रमुख डाक्टर अर्जुन उपाध्ययको अध्यक्षता तथा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रम जिल्लाका पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो ।
आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका डाक्टर अर्जुन उपाध्यायले सिन्धुलीमा आयुर्वेदिक चिकित्सा पद्धतीद्धारा उपचार गराउँदा हुने फाइदाहरु बारे अनविज्ञ हुदा बिरामीहरु कम आउने गरेको बताउनु भयो । पहिलेको तुलनामा भने यो बर्ष बिरामीहरुको आयुर्वेद चिकित्सा पद्धतीप्रति रुचि देखिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो “आयुर्वेद विश्वकै प्राचीन चिकित्सा पद्धति हो । शरीरमा हुने वात, पित्त र कफका कारण शारीरमा रोग पैदा हुन्छ । आयुर्वेदको सिद्धान्त अनुसार शरीर, मन र आत्माको सन्तुलनमा मानव स्वास्थ्य निर्भर छ । आयुर्वेदिक चिकित्सा पद्धति पछिल्लो समयमा चिकित्सा क्षेत्रको बलियो पाटो बन्दै गएको छ । आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ ।”
आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धली नौ स्थानीयतहमा कमलामाई नगरपालिकामा २ स्थानमा,तिनपाटन गाउँपालिकामा २ स्थानमा र अन्य पालिकामा १ स्थानमा स्थापना गरिएको छ भने गोलन्जोर गाउँपालिकामा स्थापना नभएको डाक्टर अर्जुन उपाध्ययले जानकारी दिनुभयो ।

यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धलीको आर्थिक बर्ष २०७९÷८० को आम्दानी र खर्च पनि सार्बजनिक गरिएको छ । आर्थिक बर्ष २०७९÷८० मा आम्दानी १ लाख ८४ हजार १० रुपैया र खर्च १३ हजार २ सय छ भने ७० हजार ८ सय १० रुपैया मौज्याद रहेको जनाइएको छ ।