गोलन्जोर गाउँपालिकाको नाम जुनार गाउँपालिका प्रस्ताव
असार ११, सिन्धली/गोलन्जोर गाउँपालिकाको नाम जुनार गाउँपालिका प्रस्ताव गरिएको छ । गाउँपालिकको आ.व. ०८०/०८१ को नीति तथा कार्यक्रममा गोलन्जोर गाउँपालिकको नाम परिवर्तन गरी जुनार गाउँपालिका राख्ने प्रताव गरिएको हो ।
गाउँपालिका अध्यक्ष शंकर प्रसाद बरालले आईतवार गाउँसभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा गाउँपालिकाको नाम परिवर्तन गरी जुनार गाउँपालिका राख्ने प्रस्तावित गर्नु भएको हो । जुनारको राजधानी भनेर पहिचान भएको गोलन्जोरको नाम जुनार गाउँपालिका नै राखी जुनारको पहिचान दिन जुनार गाउँपालिका प्रस्ताव गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपान (पुकार)ले जानकारी दिनुभयो ।
जिल्लाका नै पहिचान गराएका जनुर उत्पादन हुने मुख्य क्षेत्र गोलन्जोर गाउँपालिका नै हो । गोलन्जोर गाउँपालिकाबाट बार्षिक ७ हजार टन जुनार उत्पादन हुन्छ । सिन्धुलीका जुनार किसानले ३३ करोड आम्दानी लिने गरेका छन् । सिन्धुली आठ वटा वडामा व्यावसायिक रुपमा जुनार खेती हुँदै आएको छ । गोलन्जोर गाउँपालिकाको ५ ओटा वडामा व्यवसायिक जुनार खेती हुने गर्दछ ।
गोलनजोर गाउँपालिकाले कृषिलाई विशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको छ । गोलन्जोर गाउँपालिकाको पहिचान र नेपालको मौलिक फल जुनार प्रवद्र्धनका लागि जुनार किषक प्रोत्साहन कार्यक्रम संचालन गर्ने, जुनार महोत्सवको आयोजना गर्ने जस्ता कृषि क्षेत्रका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।