राष्ट्रिय युवा संघ र अनेरास्ववियुको स्थापनाको अवसरमा सिन्धुलीमा २० जनाद्धारा रक्तदान

जेठ १,सिन्धुली/सिन्धुलीमा २० जना रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को स्थापना दिवको अवसरमा सिन्धुलीमाढीमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा १७ जना पुरुष र ३ जना महिला गरि २० जनाले रक्तदान गरेका हुन् ।

अनेरास्ववियु कमलमाई नगरपालिका कमिटी र राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटीको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
अनेरास्ववियु नगर कमिटी अध्यक्ष तुलसीराम भुजेलको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य पुर्ब मन्त्रि प्रदिप कटुवालको प्रमुख आतिथ्यतामा खुल्ला रक्तादान कार्यक्रमको आयोजना गरिएको युवा संघ नगर कमिटी सचिव श्रबण नेवाःखड्गीले जानकारी दिनुभयो ।

युवा विद्यार्थीले स्थापना समयबाटै रचनात्कम क्रियाकलाप अन्र्तगत बिभिन्न समाजसेवामुलक कार्यक्रम गदैँ आएको र पछिल्ला समयमा पनि सक्रिय रुपमा यस्ता गतिबिधी गर्नुपर्ने पुर्बमन्त्री कटुवालले बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कुमार बहादुर कार्कि,उपाध्यक्ष कर्ण घिसीङ लगायत अन्य नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन युवा संघ नेपालका कमलामाई नगर कमिटी सचिव श्रबण नेवाःखड्गीले गर्नुभएको थियो ।
