सिन्धुलीमा मोतियाबिन्दु भएका ४८ जना बिरामीको निशुल्क सल्यक्रिया

बैशाख ३०, सिन्धुली/सिन्धुलीमा आखाँको मोतियाबिन्दु भएका बिरामीको सफल सल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीद्धारा सन्चालीत सिन्धुली आँखा अस्पतालमा ४८ जना मोतियाबिन्दुका बिरामीहरुको सफल सल्यक्रिया गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले जिल्लाका मोतियाबिन्दुका बिरामीहरुको २ दिने निशुल्क सल्यक्रिया शिविर मार्फत सल्यक्रिया गरिएको रेडक्रसका जिल्ला शाखा सभापती असोक श्रेष्ठले जानकारी दिनुभयो ।
जानकी आँखा अस्पतालका डाक्टर आषिष बोहोराको टिमले मोतियाबिन्दुको सफल अप्रेसन गर्नुभएको हो । जिल्लाको कमलामाई नगरपालिकाका ४१ जना हरिहरपुरगढी गाउँपालिकाका २ जना,तिनपाटन गाउँपालिकाका २ र मरिण गाउँपालिकाका २ जना गरी ४८ जनाको सल्यक्रिया गरिएको छ ।
सल्यक्रिया गराउनेमा न्युनतम ४५ बर्ष देखी अधिकतम ९८ बर्ष उमेर समुहका रहेको सभापती श्रेष्ठले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले गत चैत्र २५ गते मोतियाबिन्दु भएका ७६ण् जनाको निशुल्क शल्यक्रिया गरेको थियो । प्रायजसो यो पटक सोहि ब्यक्तिहरुले नै अर्को आँखाको शल्यक्रिया गरिएको श्रेष्ठको भनाई छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले जिल्लाको ९ वटै पालिकाको समन्वयमा आँखाको परिक्षण गरी उक्त परिक्षणमा बाट मोतियाबिन्दुको बिरामीहरुको छनोट गरी निशुल्क सल्यक्रिया गरिने सभापती श्रेष्ठले बताउनु भयो ।
आज सफल सल्यक्रिया भएका बिरामीहरुलाई भोलि निशुल्क चस्मा बितरण गरेर डिस्चार्ज गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *