जलेर घाइते १३ बर्षीय बालिकाको उपचारको क्रममा मृत्यु

बैशाख २५,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ भोटेश्वारामा पेट्रोलको बोतलमा आगो सल्कदा एक बालिकाको मृत्यु भएको छ । भोटेश्वाराका शुभलाल घलानको १३ वर्षीया छोरी अमृता घलानको उपचारको क्रममा मृत्यु भएको हो ।
हिजो साँझ करिब ५ बजेतिर घलानको घरको भान्साकोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलमा अचानक आगो लाग्दा अमृता घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालले जानकारी दिनुभयो ।
आगलागीबाट गम्भीर घाइते भएकी अमृताको उद्धार गरी सिन्धुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं स्थित कीर्तिपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा बालिकाको आज बिहान मृत्यु भएको प्रहरी जनाएको छ ।
प्रतिक्रिया