बेरुजु रकम कम हुनेमा मरिण गाउँपालिका बागमती प्रदेशको नै पहिलो स्थानीय तह

बैशाख २, सिन्धुली/महालेखापरीक्षकको साठीऔं प्रतिवेदन अनुसार मरिण गाउँपालिका बेरुजु रकम कम हुनेमा बागमती प्रदेशको नै पहिलो स्थानीय तह बन्न सफल भएको छ ।
महालेखापरीक्षकको कार्यालयको साठीऔं प्रतिवेदन अुनसार मरिण गाउँपलिकामा ४३ लाख ८५ हजार बेरुजु रहेको छ । रकमको हिसावले मरिण गा.पा. देशमा नै १२ औं स्थानमा रहेको छ भने प्रतिशतको हिसावमा भने देशको नै १५ औं स्थानमा रहेको छ । मरिण गाउँपालिकाको बेरुजु प्रतिशत ०.३७ % रहेको छ ।
प्रतिशतको हिसावले बागमती प्रदेशमा छैठौं स्थानमा रहेको छ । बागमती प्रदेशमा प्रतिशतको हिसावले कम बेरुजु रहने पालिका भरतपुर महानगरपालिका रहेको छ । भरतपुर महानगरपालिकामा ०.१% बेरुजु रहेको छ । अघिल्लो वर्ष मरिण गाउँपलिकामा ७० लाख ७ हजार अथवा ०.७७ % बेरुजु रहेको थियो ।
सबै भन्दा कम बेरुजु हुने स्थानीय तहहरुमा प्युठानका सुमारानी गा.पा. र मल्लरानी गा.पा र पाँचथरका याङवरक गा.पा. रहेका छन् । जहाँ बेरुजु रकम शुन्य प्रतिशत रहेको छ । गल्कोट न.पा. बागलुङमा ०.०८%, भरतपुर महानगरपालिका चितवन ०.१%, प्युठान न.पा. प्युठान ०.१४%, लोमन्थाङ गा.पा. मुस्ताङ ०.१९%, षडान्नद न.पा. भोजपुर ०.२१%, नागार्जुन न.पा. काठमाण्डौं ०.२२%, महाभारत गा.पा. काभ्रेपलान्चोका ०.२६%, झिमरुङ गा.पा. प्युठान ०.३%, डोल्पा बुद्ध गा.पा. डोल्पा ०.३१%, रामेछाप न.पा. रामेछाप ०.३१%, कालिका न.पा. चितवन ०.३६ प्रतिशत, मरिण गा.पा. सिन्धुली ०.३७ प्रतिशत रहेको छ ।
मरिण गा.पा. बागमती प्रदेशमा प्रतिशतको हिसावले छैठौं स्थानमा भए पनि रकमको हिसावले कम बेरुजु रकम रहेको स्थानी तह हो । पालिकाले गर्ने खर्चलाई बेरुजु नहुने गरी भुक्तानी गर्ने तथा भुक्तानी भएका योजनाहरुको तत्काल फछ्र्र्यौट गर्ने नियमित कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएकाले बेरुजु कम भएको मरिण गाउँपालिकाको अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले बताउनुभयो । महालेखापरीक्षकको कार्यालयले बिहीबार राष्ट्रपतिलाई देशभरको लेखापरीक्षण प्रतिवेदन हस्तान्तरण गरेको थियो । जसमा स्थानीय तहमा धेरै बेरुजु रहेको तथ्याङ्क छ ।
सिन्धुली जिल्लमा रहेका अन्य स्थानीय तहहरुमा सुनकोशी गाउँपालिका ६.०५%, घ्याङलेख गाउँपालिका ५.१७%, तीनपाटन गाउँपालिका ४.३४%, फिक्कल गाउँपालिका ३.२४%, हरिहरपुरगढी गाउँपालिका ३.२२%, गोलन्जोर गाउँपालिका २.४२%, कमलामाई नगरपालिका २.०८% र दुधौली नगरपालिका १.३% रहेको छ ।
तीनपाटन गाउँपालिका ८ करोड १ लाख ९७ लाख, सुनकोशी गाउँपलिका ७ करोड ८ लाख ४४ हजार, कमलामाई नगरपालिका ५ करोड ९४ लाख ४ हजार, घ्याङलेख गाउँपालिका ३ करोड ९८ लाख २७ हजार, हरिहरपुरगढी गाउँपालिका ३ करोड ८० लाख ५१ हजार, फिक्कल गाउँपालिका ३ करोड ६७ लाख २० हजार, दुधौली नगरपालिका ३ करोड ४५ लाख ८१ हजार र गोलन्जोर गाउँपालिका २ करोड ५८ लाख ३२ हजार बेरुजु रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *