फिक्कलमा २९ जनाको निशुल्क आँखाको मोतियाबिन्दुको अप्रेशन

चैत्र २०, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकामा २ दिने निःशुल्क मोतियाबिन्दु अप्रेशन सुरु गरिएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ खाङसाङमा २ दिने निःशुल्क मोतियाबिन्दु अप्रेशन कार्यक्रमको आयोजना गरिएको हो ।
आज पहिलो दिन मोतियाबिन्दु भएका २९ जनाको अप्रेशन भएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।
फिक्कल गाउँपालिकाका मोतियाबिन्दु भएका बिरामी सँगै उदयपुर जिल्लाका कटारी नगरपालिकाको लेखानी, ओखढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका र चम्पादेबी गाउँपालिकाका मोबियाबिन्दु पहिचान भएका बिरामीहरुको अप्रेशन सुरु गरिएको उपाध्यक्ष बरालले जानकारी दिनुभयो ।
अप्रेशन तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापको प्राबिधिक सहयोगमा सन्चालन गरिएको छ । बर्षो देखि आँखामा मोतियाबिन्दु भएर आँखा नदेख्ने समस्या भएका बिरामीहरुको आँखा शिबिर बाट पहिचान गरी अप्रेशन गर्न सूरु गरिएको जनाइएको छ ।