एसईई परीक्षामा सिन्धुलीबाट ५ हजार भन्दा वढी विद्यार्थी सामेल हुने
चैत्र ३ सिन्धुली/सिन्धुलीमा यो बर्षको एसईई परिक्षामा जिल्लाभरी बाट ५ हजार २ सय ४१ जना सामेल हुने भएका छन् । चैत्र १७ गतेबाट २७ गतेसम्म सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइइका लागि नियमित तर्फ ५ हजार २३ जना, नियमित प्राबिधिक तर्फबाट १ सय ७७ र ग्रेडबृद्धि तर्फबाछ ४१ जना गरी ५ हजार २ सय ४१ जना सामेल भएका हुन् ।
यो बर्ष अन्य बर्षको तुलनामा एसइईमा सहभागि हुने बिद्यार्थी संङख्या कम भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत दुर्गा प्रसाद भुजेलले बताउनु भयो । अघिल्लो बर्ष २०७८ को एसइईमा ५ हजार ७ सय ८७ जना बिद्यार्थी सहभागी भएका थिए ।
कमलामाई नगरपालिकाबाट ९ सय ४५ जना सामुदायिक बिद्यालयबाट र ३ सय ८० जना बिद्यार्थी सँस्थागततर्फ गरी १ हजार ३ सय २५ जना बिद्यार्थी सामेल हुने शाखा अधिकृत भुजेलले जानकारी दिनुभयो । दुधौली नगरपालिकामा सामुदायिक बिद्यालय तर्फबाट १ हजार २० जना र सँसथागत बिद्यालय तर्फबाट ८२ जना गरी एक हजार १ सय २ जना जना सहचभागि हुने छन् ।
मरिण गाउँपालिकाको सामुदायिक बिद्यालय तर्फबाट ३ सय ८२ जना र सँस्थागत बिद्यालय तर्फबाट ८ जना गरी ३ सय ९० जना बिद्यार्थी एसइईमा सामेल हुने जनाइएको छ । घ्याङलेख गाउँपालिका बाट सामुदायिक बिद्यालय तर्फबाट २ सय ३२ बिद्यार्थी सहभागी हुने छन् भने सँस्थागत बिद्यालय तर्फबाट यो बर्ष एसइईमा सामेल नभएको अधिकृत भुजेलले जानकारी दिनुभयो
गोलन्जोर गाउँपालिका बाट सामुदायिक बिद्यालय तर्फबाट ३ सय ४० र सँस्थागत बिद्यालय तर्फबाट ११ गरी ३ सय ५१ जना बिद्यार्थी सहभागी हुने छन् ।
फिक्कल गाउँपालिका बाट सामुदायिक बिद्यालयबाट ३ सय ३६ जना र हरिहरपुरगढि गाउँपालिका बाट सामुदायिक बिद्यालय तर्फबाट ३ सय ९ जना बिद्यार्थी सहभागी हुने छन् । तिनपाटन गाउँपालिकाबाट ६ सय ७७ जना बिद्यार्थी सहभागी हुने भएका छन् जसमा ६ सय ६७ जना सामुदायिक बिद्यालय बाट र १० जना सँस्थागत बिद्यालय तर्फबाट सहभागि हुने छन् ।
सुनकोशी गाउँपालिका बाट सासुदायिक बिद्यालय तर्फबाट ३ सय ७० जना र सँस्थागत बिद्यालय बाट १२ जना गरी ३ सय ८२ जना बिद्यार्थी सहभागी रहने शाखा अधिकृत भुजेलले जानकारी दिनुभयो । चैत्र १७ गते बाट सुरु हुने माध्यमिक परिक्षा एसइईको लागि जिल्लाभर २६ वटा परिक्षा केन्द्र तोकिएको छ भने १ सय २६ वटा सामुदायिक बिद्यालय र २३ वटा सँस्थागत बिद्यालय गरि १ सय ४९ वटा बिद्यालय सामेल हुने अधिकृत भुजेलको भनाई छ ।
एसइइ परिक्षाको तयारी लगभग अन्तिम अबस्थामा पुगेको छ । आज सम्पुर्ण बिद्यालयलाई प्रबेश पत्र पठाइएको पनि उहाँले बताउनु भयो ।