फिक्कलमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ जना घाईते

फागुन २८, सिन्धुली/मध्यपहाडि लोकमार्ग अन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना हुदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
ओखलढुङगा बाट काठमान्डौँ तर्फ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आज बिहान ९ः१५ बजे बस ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
मृतकको पहिचान हुन बाँकि रहेको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्बती सुनुवारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अचानक बसको ब्रेक फेल भएकोले डाइभरले जोगाउने क्रममा घाइतेहरुको भनाइ अनुसार भित्तामा ठोक्किदा दुर्घटना भएको जानकारी आएको छ । दुर्घटनामा परि घाइतेहरुको खुर्कोट सामुदायिक अस्पतालमा उपचारको लागि पठाईएको छ ।”
अध्यक्ष सुनुवारका अनुसार यात्रुवाहक वसमा यात्रुको संख्या एकिन नभएकाले केहि यात्रुहरु बसले चपिएको हुन सक्ने सम्भावना रहेको छ । घाइतेहरुको उद्धारको लागि स्थानीय र प्रहरी परिचालन भईरहेको छ ।
अध्यक्ष सुनुवारका अनुसार दुर्घटनमा सहचालकको घटना स्थलमा नै मृत्यु भएको छ र चालक घाईते भएको छ । ५ जनाको अबस्था गम्भिर रहएकाले हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारि भई रहेको प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।