• लिला पाैडेल

    प्रचण्ड माथि बर्तमान सत्ताको न्यायलय मार्फत जनयुद्धकालिन मुद्दा लगाउन आदेश जारी भए यता एउटा तरङ पैदा हुदैछ । यसबारेमा आआफ्ना धारणा र स्वार्थ र अडकलबाजी भैरहेका छन ।बास्तबमा किन यस्तो भैरहेको छ । यस्मा क कस्को के के स्वार्थ छ र जनयुद्धका मुद्दा ब्युतनबाट मुक्त हुने उपाए के के हुन भन्नेबारेमा स्पष्ट हुनुपर्दछ ।
    सर्बप्रथम जनयुद्धको बर्ग चरित्र र यसको लक्ष्य प्रतिकृयाबादी बर्ग चरित्रबारेमा सैद्धान्तिक र दार्शनिक कोणबाट स्पष्ट भैसकेपछि मात्रै ब्युतिदै गरेका जनयुद्धकालिन मुद्दाबारे बुझ्न सकिन्छ । यसलाई अर्को शब्दमा भन्दा शसस्त्र क्रान्ति सर्बहारा अधिनायकबाद र राज्य सत्ताको बर्ग चरित्रबारे मार्क्सवादी अबधारणा अबधारणामा नपुगी सतहि रुपबाट यसलाई बुझ्न सकिँदैन ।
    २०५२ सालबाट नेकपा (माओबादी) को नेतृत्वमा सुरु भएको जनयुद्ध अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेका सकरात्मक र नकरात्मक पक्षहरुको सूक्ष्म विश्लेषण सष्लेषण गर्दै त्यसबाट पाठ सिकेर लामो तयारीकासाथ सुरु गरिएको थियो ।त्यसको उदेश्य नेपाललाई अर्ध सामन्ती र अर्ध उपनिबेशबाट मुक्त गर्ने नया जनबादी क्रान्ति पूरा गरेर समाजबाद साम्यबादमा पुग्ने महान अभियान थियो । जबसम्म शस्त्र अस्त्रमा टिकेको प्रतिकृयाबादी सत्तालाई बलपुर्बक ध्वस्त पारेर जनबादी सत्ता स्थापना गरिदैन तब सम्म आधारभुत जनताको समस्याहरुको समाधान हुदैन ।यहि मान्यतामुताबिक आधार इलाका निर्माण गर्दै गाउबाट शहर घेर्ने दिर्घकालिन जनयुद्ध सुरु भयो । समान्य कमीकमजोरीका बाबजुद (जुन विश्व जनक्रान्तीमा हुने गर्छन) श्रमजिबी जनताहरुको लागि मुलभुतरुपमा जनयुद्ध सहि थियो ।देशका विभिन्न भागबाट शोषित जनताले जनयुद्धलाई साथ दिए । प्रतिकृयाबादीहरुको स्थानिय सत्ता खालीहुदै गए । गाउँ गाउका जाली फटाहा शोषक सामन्तहरु हायलकायल भए र शहर केन्द्रित भए । बर्षौदेखि हेपिएका पेलिएका शोषित बर्गहरुले राहात महसुस गरे ।माओबादी मुल्यांकनमा प्रतिकृयाबादी सत्ताको ८० र प्रतिशत भुगाग क्रान्तिकारीको पक्षमा आयो र प्रत्याक्रमणको चरणमा पुगेको ठहर गर्यो । यता प्रतिकृयाबादी सत्ता जनयुद्धको कारणले सँकटमा गुज्रदै थियो अर्थात राजाले सँसदिय शक्तिहरुलाई पेल्दै लगेर आफै निरँकुस रुपमा सत्ता चलाउने पक्षमा थिए । जनयुद्ध माथि किलोसेराटु अप्रेसनले मात्रै नभएर सेना परिचालन गरेर भएपनि माओबादी बलपुर्बक सिध्याउन बिगतमा सकृया काङ्ग्रेस र एमालेहरु राजाले पेलेको अबस्थामा सैन्य शक्ति भएको माओबादीसग हात मिलाउनपुगे बास्तबमा सँसदिय पार्टीहरु राजतन्त्र बिरोधीनै थिएनन र राजासहितको प्रतिकृयाबादी ब्यबस्थाकै हिमायती थिए तर राजाले सँसदमा जागिर खान नदिएको झोकमा मात्रै माओबादीसँग हात मिलाउन गएका थिए । अर्कोतिर निम्न पुजिबादले ग्रस्त तत्कालीन माओबादीको मुल नेतृत्व सङघर्षको जोखिम मोल्ने भन्दा जनयुद्धलाई सँसदिय ब्यबस्थामा अबतरण गराउने भित्री नियत राखेरनै २०६२ मा सात दल र माओबादी बिचमा दिल्लीमा १२ बुदे सम्झौता भयो । त्यसबेला राजाबाट गलत्यइएका सँसदिय शक्ति जसले बिगतमा जनयुद्धलाई आतँककारी गतिबिधी भन्थे । तर १२ बुदे सम्झौतामा जनयुद्धको समर्थन गरे तर त्यो समर्थन इमान्दारी रुपमा गरिएको थिएन र जनयुद्धको समर्थन गर्ने उनिहरुको बर्ग चरित्र पनि होइन ।राजा सकृय हुदा दलाल पुजिबादीहरु सत्ताको बागडोरबाट खेदिएका थिए ।यहि बिन्दुमा दलाल पुजिपति बर्ग र जनयुद्धबाट थाकेकाहरु मिलेर बनेको अहिलेको गणतन्त्र खासमा दलाल तथा नोकरशाही गणतन्त्र नै हो ।
    प्रचण्ड माथि जनयुद्धको मुद्दा किन ब्युताउदैछन भनेर यहि बिन्दुबाट खोज्नुपर्छ । १२ बुदे समझदारी जनयुद्धको नेतृत्व गर्नेहरुले शोषक बर्गसँगै गरेको समझदारी हो । शोषक बर्गसँग सम्झौता गरेर श्रमजिबी जनताको मुक्ति हुन्छ भन्नू कि अज्ञानता हो कि कपट हो । तत्कालीन १२ बुदे समझदारी गर्ने जनयुद्धको नेतृत्व गर्नेहरुले प्रतिकृयाबादी बर्तमान गणतन्त्रलाई जनताकै गणतन्त्र भनेर जसरी ढाटिरहेका थिए ।प्रचण्ड माथि लगाउन खोजिएको मुद्दाले नै बताउछकि बर्तमान सत्ता प्रतिकृयाबादी हो । सँसदिय शक्ति खासगरि काङ्ग्रेस र एमालेहरु यथास्थितिवादी शक्ति हुन जनयुद्ध प्रति उनिहरु बदलाभाब पालिरहेका थिए । मौका पाउनासाथ जनयुद्धका जो कसैलाई सकिदिने उनिहरुको नियत यथावतै छ । बिस्तृत शान्ति समझौता सत्य निरुपण जे जे कागज गरेपनि काम गर्ने त बर्ग चरित्रले हो । माओबादी केन्द्रले आफु पुर्णरुपमा सँसदिय शक्तिमा अबतरण गरिसकेको भनेर पश्चिमा शक्ति देखि बिश्वका बुर्जुवाहरुलाई बिश्वास दिलाइसके पनि जब बुर्जुवाहरु बपचमै प्रतिस्पर्धा र दाउपेच सुरुहुन्छ तब एउटा बुर्जुवा बिरुद्धमा अर्को बुर्जुवा बर्गले षड्यन्त्र रच्ने कुरा नया होइन ।अर्कोतिर शसस्त्र क्रान्ति गरेको कम्युनिस्ट पार्टी जब आफ्नो लक्ष्य छोडेर दुस्मन बर्गसँग सम्झौता गर्छ र निसस्त्र बन्छ भने दुस्मनले कालन्तारमा कुनै षड्यन्त्र रचेर कत्लेआम गर्छ भन्ने कुरा इन्डोनेशियालाई हेर्दा पनि प्रष्ट हुन्छ । इन्डोनेशियामा शसस्त्र क्रान्ति गरिरहेको कम्युनिस्ट पार्टीलाई बिचैमा बार्तामा ल्याएर निसस्त्र पारेर पछि अमेरिकी योजना र निर्देसनमा कम्युनिस्ट नेता कार्यकर्तालाई लाइन लगाएर गोली हानी हत्या गरेको कुरा लुकेको कुरै होइन । त्यसैले याहा स्पष्ट हुनुपर्ने कुरा केहोभने सर्बोच्च अदालतका न्यायाधीशहरु मार्फत जसरी प्रचण्डलाई जनयुद्धकालिन मुद्दा लगाउन खोजिदै छ । यो नितान्त प्रचण्डलाई मात्रै लाग्ने नभएर समग्र जनयुद्धलाई नै अपराधिकरण गर्दै जनयुद्धका प्राय सबै माथिको यो प्रतिकृयाबादी हमला हो । यसबाट मुक्त हुन यहि प्रतिकृयाबादी सत्तासँग रोइ कराइ गरेर पार लाग्दैन त्यो जनयुद्धको नैतिकताले पनि दिदैन । त्यसो भएको हुनाले प्रचण्ड माथि लगाउदै गरेको मुद्दा प्रतिकृयाबादी सत्ताले लगाएको मुद्दा भएको हुनाले जनयुद्धका पक्षधरहरुले यो सत्ताबाट न्याय खोज्नु भनेको कि अज्ञानता हो कि आत्मसमर्पण हो । त्यसैले यदि जनयुद्धको उदेश्य पुरा पनि गर्ने र प्रतिकृयाबादीहरुको षड्यन्त्रबाट मुक्ति चाहाने होभने सँसदिय आहालबाट मुक्त भएर बर्तमान दलाल पुजिबादी सत्ताको समुल नष्ट गर्नको लागि सबै माओबादीहरु लामबध्द हुन आबश्यक छ ।