• फागुन १८, सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्लामा रहेका विद्यालयमा नै पुगेर बालबालिकालाई सचेतनामुलक प्रशिक्षण गरिरहेको छ ।
    बिद्यालयका बालबालिकाहरुलाई लागुऔषध, बाल हिँसा, तनाव ब्यबस्थापन, सकारात्मक सोच तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक प्रशिक्षण गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा समुदायका मानिसको प्रहरीसँगको बिश्वास जित्न, सूचनाको जानकारी प्राप्त गर्न तथा चेतनाको विकास गर्नको लागि अभियान नै सन्चालन गरेर प्रशिक्षण गरिरहेको एसपी सिलवालले बताउनु भयो ।
    जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थी र शिक्षक गरी १ सय २३ जना लाई प्रशिक्षण गराउनु भएको बताउनु भयो ।
    त्यस्तै गौमति नमुना माध्यामिक विद्यालयका विद्यार्थीहरु पनि लागु औषध बालहिँसा, तनाव ब्यबस्थापन सकारात्मक सोच तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतनामुलक प्रशिक्षण गराइएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जिल्लाका सम्पुर्ण विद्यालयमा अभियान नै सन्चालन गरेर प्रशिक्षण गराइने बताइएको छ ।