माध्यामिक बिद्यालय सिन्दुरे रातमाटाको ३९ औँ वार्षिक उत्सव मनाइयो
फागुन १५, सिन्धुली/माध्यामिक बिद्यालय सिन्दुरे रातमाटाको ३९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गोकुल बहादुर आलेको अध्यक्षता तथा मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात)को प्रमुख आतिथ्यतामा मरिण गाउँपालिका वडा नम्बर २ स्थित माध्यामिक बिद्यालय सिन्दुरे रातमाटाको ३९ औँ वार्षिक उत्सव हर्षाेउल्लासका साथ मनाइएको हो ।
वार्षिक उत्सवलाई सम्बोधन गर्नुहुदै मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले शिक्षामा परिवर्तन हुन सके मात्रै समाज परिवर्तन हुन सक्ने बताउनु भयो । समाज परिवर्तनको मुख्य अंग शिक्षा रहेकाले शिक्षामा परिवर्तन हुन अति आबश्यक रहेको बताउनु हूदै अध्यक्ष मोक्तानले शिक्षामा मरिण गाउँपालिकाले सबै भन्दा बढि लगानि गरको बताउनु भएको हो ।
नेपाल सरकारले नियमित अरबौँ लगानी गरिहेकाले पुरानो प्रणलीको शिक्षा प्रणाली परिवर्तन गरेर प्राबिधिकरण गर्न आबश्यक अध्यक्ष मोक्तानको भनाई छ । दिनानुदिन सरकारी बिद्यालयमा बिद्यार्थी कम हुने र निजी बिद्यालयमा बिद्यार्थीको चाप बढ्दै गएकाले सो स्थितीको मध्यनजर गरेर मरिण गाउँपालिकाले शिक्षा बिभिन्न नितिको निर्माण गरेर शिक्षामा सुधारको लागी पहल गरिरहेको उहाँले बताउनु भयो ।
जसको लागी शिक्षक,अभिभावक र बिद्यार्थी पनि लगनशिल हुन अध्यक्ष मोक्तानले आग्रह गर्नुभयो । नेपाल सरकार र मरिण गाउँपालिकाले शिक्षामा गरेको लगानी बालुवामा पानि हालेको जस्तो नहास् भन्दै मोक्तानले सामुदायिक बिद्यालयले प्रतिष्पर्धि बिद्यार्थी उत्पादन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।