• फागुन १३, सिन्धुली/नेपाल तामाङ बिद्यार्थी घेदुङ जिल्ला कार्य समिति सिन्धुलीको अध्यक्षमा सर्मिला बज्यु सर्बसहमत चयन हुनुभएको छ । नेपाल तामाङ बिद्यार्थी घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीको आज भएको ५ औँ जिल्ला अधिवेशनले सर्मिला बज्युको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसहमत चयन गरेको हो ।
    उपाध्यक्षमा फुलकुमार बम्जन, सचिवमा दिलमाया गोले, सह–सचिवमा देबराज पाख्रिन, कोषाध्यक्षमा सम्झना ब्लोन तामाङ सहित १३ जनाको नयाँ कार्यसमिति चयन भएको हो ।

    नेपाल तामाङ बिद्यार्थी घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीका अध्यक्ष बिज्ञान दोर्जे लामाको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रिय महासचिव काजिकान थिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तामाङ बिद्यार्थी घेदुङका केन्द्रिय सचिव बिशाल थिङ, सतिवालय सदस्य सम्झना ब्लोन, नेपाल तामाङ बिद्यार्थी घेदुङ बागमती प्रदेश अध्यक्ष अजय दोङ, नेपाल तामाङ घेदुङ कमलामाई नगरपालिकाका अध्यक्ष सरिता राई लगायतको उपस्थिती रहेको थियो ।
    ५ औँ अधिवेशन लाई सम्बोधन गर्नुहुँदै नेपाल तामाङ घेदुङका केन्द्रिय महासचिव काजिकान थिङले तामाङ जातिहरुको दिनानुदिन लोप हुने अबस्थामा पुगेको कला, सँस्कृति भाषा, भेषभुषालाई जगेर्ना गर्नु अबको पुस्ताको दायित्व रहेको बताउनु भयो ।