• फागुन ८, सिन्धुली/सिन्धुलीको हरिहरपुरगढि गाउँपालिकाका १७ जना भूमिहिन दलित, सुकुम्बासिलाई जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सदस्य लेखनाथ दाहाल(राजन) द्धारा हरिहरपुर गढि गाउँपालिका वडा नम्बर ३ का १७ जना भूमिहिन दलित, सुकुम्बासिलाई जग्गाधनी प्रमाणपूर्जा बितरण गरिएको हो ।

    हरिहरपुगढि गाउँपालिकाको आयोजना तथा राष्ट्रिय भूमि आयोग सिन्धुलीको सह–आयोजनामा हरिहरपुगढि गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाको अध्यक्षता तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सदस्य लेखनाथ दाहाल(राजन) को प्रमुख आतिथ्यतामा जग्गाधनी प्रमाण पूर्जा बितरण कार्यक्रममा भूमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नापी कार्यलय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठ लगायतको उपस्थिीती जग्गाधनी प्रमाण पूर्जा बितरण गरिएको हो ।

    प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सदस्य लेखनाथ दाहाल(राजन) ले सरकारले लामो समयदेखि बिभिन्न आयोग गठनको नाममा अरबौँ खर्च गरेको तर नेपालको कुनै पनि भूमिहिन सुकुम्बासी, भूमिहिन दलित लाई जग्गा बितरण नभएको तर भुमि आयोग गठन पश्चात सिन्धुलीको दुधौलिमा नगरपालिकामा नेपालकै पहिलो पटक केहि समय अगाडि १ सय ६ जना लाई जग्गाधनि प्रमाणपूर्जा बितरण गरिएको बताउनु भयो ।

    हरिहरपुरगढि गाउँपालिकाले यो दोस्रो पटक १७ जना लाई जग्गा धनी प्रमाण पुर्जा बितरण गरेको बताउनुहुँदै दाहालले सिन्धुलीमा २ हजार ५सय १७ जनालाई बितरण गर्नुपर्ने भएकाले समयअबधि भरमै पूर्जा बितरणको लागी द्रुत गतिमा काम अगाडि बढाउन अनुरोध गर्नुभएको छ ।

    अब्यवस्थित बसोबासले गर्दा नेपाल सरकारले नै घाटा बेहोर्नु परेकाले भूमिहिनहरुलाई लालपुर्जा बितरण गरेर राजस्व संकलन गर्ने हो भने नेपाल सरकारको आर्थिक स्तर समेत उस्कने दाहालले बताउनु भयो ।

    जग्गाधनि प्रमाण पूर्जा नभएर अब्यबस्थित रुपमा बसोबास गरिरहेका स्थानिय लाई अथक प्रयास बाट हरिहरपुरगढि गाउँपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी जग्गाधनी पूर्जा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले बताउनु भयो ।

    हरिहरपुरगढि गाउँपालिकाको २ सय ३२ घरधुरी भूमिहिन मध्य आज १७ जनालाई जग्गाराम प्रमाण पूर्जा बितरण गरिएको अध्यक्ष वाइवाले बताउनु भयो । जग्गाा धनि प्रमाणपूर्जा नहुँदा हरिहरपुरगढि गाउँपालिकामा आफन्तको शब ब्यबस्थापन गर्ने समेत नपाएको भूमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राईले बताउनु भयो । कुकुर मर्दा ब्यबस्थापन गर्र्न अप्ठ्यारो नहुने तर जग्गाधनी प्रमाणपूर्जा नहुँदा मानिसको शब ब्यबस्थापनमा कठिनाई भोगिरहेका हरिहरपुरगढिका बासिन्दा जग्गाधनि प्रमाण पूर्जा पाउँदा खुसि भएका छन् ।