• फागुन ६, सिन्धुली/हरिहरपुरगढि गाउँपालिका वडा नम्बर ६ सानो कौवा स्थित शेरप ङिगजे छ्योलिङ गुम्बाको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले उद्घाटन गर्नुभएको छ । आज एक औपचारिक कार्यक्रमका बीच शेरप ङिगजे छ्योलिङ गुम्बाको प्रतिनिधि सभा सदस्य दाहालले उद्घाटन गर्नुभएको हो ।
    शेरप ङिगजे छ्योलिङ गुम्बाका अध्यक्ष आइते सिङ मोक्तानको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय सिन्धुलीका प्रमुख कार्साङ लामा, हरिहरपुरगढि गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवा, प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल लगायतको सहभागिता रहेको थियो ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दाहालले बुद्धको जस्तै अनुशासन अन्य ब्यक्तिमा पनि लागु हुनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो “भगवान् सिद्धार्थ बुद्ध, बुद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव हुन् ।”
    हरिहरपुरगढिको वडा नम्बर ६ सानो कौवा स्थित शेरप ङिगजे छ्योलिङ गुम्बामा भएका सडक, बिजुली, खानेपानी, सौचालय जस्ता समस्याको संघीय सरकारको पहलमा समाधान गरेर पर्यटकीय स्थलको रुपमा निर्माण गरिने दाहालले बताउनु भयो ।
    हरिहरपुरगढि गाउँपालिकाको ३४ लाख लागतमा शेरप ङिगजे छ्योलिङ गुम्बाको निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । उक्त गुम्बा निमर्माणको लागि हरिहरपुरगढि गाउँपालिकाले २०७५ साल बाट प्रत्यक बर्ष बजेट बिनियोजन गदैँ आएको थियो ।