माबि फोस्रेटारमा ३ सय क्षमताको छात्रावास निर्माणको लागि तत्काल पहल गर्छु : मन्त्री श्रेष्ठ
माघ २८, सिन्धुली/बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री गंगाा नारायण श्रेष्ठले जनज्योति माध्यमिक बिद्यालय फोस्रेटारमा अध्ययनरत अविभावक विहिन ३ सय भन्दा बढि बालबालिकालाई व्यवस्थित छात्रावासको लागि तत्काल पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
आज जनज्योति माध्यमिक बिद्यालय फास्रेटार कमलामाई नगरपालिका ५ सिन्धुलीको ५० औँ स्वर्ण महोत्सवका उद्घाटन गर्ने सिन्धुली आइपुग्नु भएका मन्त्री श्रेष्ठले बौद्धिक अपाङ्ता भएका,आर्थिक स्थिती न्युन भएका बालबालिकाको जिम्मा राज्यले जिम्मा लिनुपर्ने कुरामा पहल गर्ने बताउनु भएको हो ।
मन्त्री श्रेष्ठले शिक्षा, स्वास्थ्य जस्ता जटिल बिषयको राज्यले जिम्मेवारी लिनुपर्ने भएपनि हाल सम्म राज्यले जिम्मेवारी नलिएको बताउनु भयो । उहाँले शिक्षा,स्वास्थ्य र रोजगार जस्ता जटिल बिषयमा ब्यापार भइरहेकाले सुधार गर्न आबश्यक रहेको बताउनु भएको हो ।
त्यस्तै उहाँले संघीयताको मूल मर्म र संविधानको भावना अनुसार कानूनहरू नबन्दा प्रदेशले चाहे अनुसारको काम गर्न नसकेको बताउनु भयो । संघीयताको मर्म र भावना अनुसार प्रदेशलाई पूर्ण शक्तिशालि वनाउन र जनताका हरेक समस्यामा सहयोगि बन्न संघीय संसद, संघीय सरकार र परदेश संसदलाई कानुन निर्माणको लागि पहल गरिरहेको मन्त्री श्रेष्ठले वताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य जस्ता जटिल विषय राज्यले जिम्मा लिनु पर्न तर हुन नसकेको वताउनु भयो ।
साथै बिद्यालयको प्रशासनिक भवनको उद्घाटन भोलि बागमति प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले गर्नुहुने आयोजकले जनाएको छ । जनज्योति माध्यमिक बिद्यालय फास्रेटार सिन्धुलीको ५० औँ स्वर्ण महोत्सवको समापन भोलि नै हुने छ । २०२८ सालमा स्थापना भएकाे यस विद्यालयले स्वर्ण महाेत्सव दुइदिन सञ्चालन गर्ने भएकाे छ ।