नमुना मतदानमा ४.५ प्रतिशत मत वदर

कात्तिक २२, सिन्धुली/जिल्ला निर्वाचन कार्यालयले तीनपाटन गाउँपालिकामा सञ्चालन गरेको नमुना मतदान कार्यक्रममा खसेको मतको ४.५ प्रतिशत मत बदर भएको छ ।
मतदान शिक्षा कार्यक्रम अन्तरगत सञ्चालन गरिएको नमुना मतदान कार्यक्रममा खसेको ८९ प्रतिशत मत मध्य प्रत्यक्ष तर्फ ४ मत र समानुपातिक तर्फ ३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका डिल्लीसौगात घिमिरेले जानकारी दिनुभयो ।

नमुना मतदान कार्यक्रम दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गर्न बाँकी रहेको घिमिरेले जानकरी दिनुभयो । मतदान प्रकृयाका बारेमा समुदायलाई जानकारी गराउने र बदर मत घटाउने उद्देश्यले जिल्लाका सबै पालिकाका प्रमुख प्रमुख स्थानमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *