• असोज ३१, सिन्धुली/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार श्यम घिमिरेले नेपालमा राजनीतिक स्थायित्व र दिगो विकासको ढोका खोल्नको लागि गठबन्धन गरिएको वताउनुभयो ।
    बाम लोकतान्त्रिक गठबन्धनको दुधौली नगरपालिका वडा नं. ३ निपानेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता घिमिरेले जिवनस्तर उकास्न राजनीतिक स्थिरताको आवश्यक रहेकोले गठबन्धन गरेर निर्वाचनमा आएको र अबको पाँच बर्ष सम्म गठबन्धन गरेर सरकार गठन गरेर राजनीतिक स्थिरता र दिगो विकास गर्ने वताउनुभयो । कार्यक्रममा घिमिरेले “जनताले राजनीतिक स्थिरताको लागि २०७४ मा एमाले र माओवादीको गठबन्धनलाई मतदात गरेको तर केपि ओलीको सन्कीको कारण दुई दुइ पटक संसद विघटन गरेर संविधान र संवैधानिक निकायहरुलाई दुरुपयोग गरेर देशमा राजनीतिक अस्थिरता निम्त्याएको कारण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिएर संविधान रक्षा र राजनीतिक स्थिरताको लागि गठबन्धन गरेका हौं” भन्नु भयो ।
    सिन्धुलीको जनताका इच्छा चाहानालाई सम्बोधन गर्न र राष्ट्रिय राजनीतिमा सक्रिय रहँनका लागि आफ्नो उम्मेद्वारी भएको वताउदै घिमिरेले सिन्धुली क्षेत्र नं. १ मा राष्ट्रिय रणनीतिक कार्यक्रमको कमिहुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । घिमिरेले आफ्नो उम्मेदवारीको शिक्षा, स्वास्थ्य र सडक नै मुख्य एजेण्डा रहेको बताउनुभएको छ ।
    घिमिरेले आफ्नो उमेदवारी दिनुको बिषयमा स्पष्ट पार्नुहुदै राष्ट्रिय राजनीतिमा सांससदले नीति नियम रुपमा खेल्नुपर्ने, मुलुक लाई कसरी समृद्धितर्फ लैजानुपर्ने भन्ने भूमिका र अर्काे तर्फ आफ्नो निर्वाचन क्षेत्र तर्फ मतदाताहरुलाई गरेको प्रतिबद्धता पुरा गर्नुपर्ने भूमिका गरी दुई वटा भूमिका रहेको उहाँले बताउनुभयो ।
    राष्ट्रिय राजनीतिमा पनि स्वास्थ्य र शिक्षा गरी दुई वटा भूमिका रहेको घिमिरेले बताउनुभयो । सरकारी अस्पतालहरुको गुणस्तरलाई सुधार गर्दै सरकारी अस्पतालमा लाग्ने शुल्कहरु बन्द गरिनु पर्ने र जिल्लामा सुविधासम्पन्न विशेषज्ञ सहितको अस्पताल निर्माण गर्ने योजना रहेको बताउनुभयो ।
    सरकारी अस्पताल पूर्णरुपमा निशुल्क हुनुपर्ने र सार्वजनिक शिक्षा ध्वस्त भएकाले सार्वजनिक शिक्षालाई अत्यन्त महत्वका साथ आमुल परिवर्तन गरेर सार्वजनिक शिक्षामा आकर्षण बढाउनुपर्ने मान्यता रहेको उहाँले बताउनुभयो । त्यस्तै, अहिलेको युग सर्टिफिकेट भन्दा पनि सिपको युग भएकाले सिपमूलक शिक्षा र प्राविधिक शिक्षा प्रत्येक माध्यमिक विद्यालयमा पु¥याउनुपर्छ भन्ने आफ्नो महत्वपूर्ण ऐजेण्डा रहेको घिमिरेले बताउनुभयो ।
    कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं. १ का प्रदेश १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मात्रिका भट्टराई, नेकपा माओवादी केन्द्रका संयोजक पानीराज बम्जन, नेपाली काँग्रेसका उपसभापति दिपक घिमिरे, नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार दिलबहादुर वि.क. प्रदेश सभा सदस्यका समानुपातिक उम्मेद्वार सुस्पा भुजेल लगायतले मन्तव्य राख्नु भएको थियो ।