• असोज ३०, सिन्धुली/नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको संयुक्त प्रयासले संविधानमा सबै जनताको अधिकारहरु संस्थागत भएको प्रतिनीधिसभा क्षेत्र नम्बर २ सिन्धुलीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले बताउनुभयो । हरिहरपुरगढी गाँउपालिकामा आज (आईतबार) भएको गाउँपालिका स्तरीय संयुक्त गठबन्धनको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
    दाहलले भन्नुभयो, “हामीले उठान गरेको मुद्धाहरु नेपाली कांग्रेसले नमानेको भए यी सबै मुद्धाहरु संबिधानमा संगठित र संस्थागत हुदैन थिए । नेपाली कांग्रेस र माओबादी केन्द्रको सहमतिको संयुक्त दस्तावेज हो संबिधान । जब हाम्रो संयुक्त पहल र संयुक्त सहमतिमा संबिधान निर्माण ग¥यौँ र संबिधानको रक्षा गर्ने काम पनि स्वभावैले हाम्रो नैतिक दायित्व भित्र पर्छ । संबिधानको सफल कार्यान्वय गर्ने कुरा हाम्रो दायित्व भित्र पर्छ । ”्
    एमालेको यो व्यवस्थामा न भूत, न भविष्यत, न वर्तमान कुनै लगानी नभएको भन्दै राजनीतिक परिवर्तनको आन्दोलनमा प्रत्यक्ष नेतृत्वदायी भूमिका निर्वाह गरेको कुनै इतिहास नभएको दाहालले बताउनुभयो । लोकतान्त्रिक आन्दोलनको पछिल्लो चरणमा एमाले निर्माण प्रक्रियामा लामो समयदेखि आफ्नो समय, सिप र सिर्जना खर्चने नेताहरु अहिले एमालेमा नभएको बताउनुहुँदै केपी ओलीले बयलगाडा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु एउटै हो भनेर नारा लगाउदै बारम्बार जनतालाई भ्रमित बनाउने गरेको दाहालले बताउनुभयो । “गणतन्त्र विरोधी मोर्चा बलियो बनाउने उद्धेश्य अनुरुप केपी ओली मार्फत एमाले भित्र पनि चलिरहेको थियो । हामीले २०७४ मा सहकार्य गरेको एमाले अहिले एमाले छैन । त्यहाँ भित्र रहेका क्रान्ति, परिवर्तन, अग्रमन र संघिय गणतन्त्रका पक्षधरहरु अहिले ओली संग बस्न सकेनन् । ” दाहालले थप्नुभयो ।
    यस्तै, दाहालले नेकपा हुँदा पनि केपीको निरंकुश चरित्र, स्वेच्छाचारी, अराजनीतिक चरित्र र भ्रष्टाचार चरित्र विरुद्धमा जबरजस्ती लडेर ८० प्रतिशत केन्द्रिय सदस्य सहितले हस्ताक्षर गरेर केपी ओली लाई नेकपाको साधारण सदस्यबाट नै बर्खास्त गरेको बताउनुभयो । तर पछि सर्वाेच्च अदालतले एमाले र माओवादी व्युताईदिए पछि केपी आली रेडिमेट अदालतको निर्णय अनुसार एमालेको अध्यक्ष भएको बताउनुभयो । “ओली जस्तै चरित्र भएका निरंकुश, अराजक, भ्रष्ट रुपका व्यक्ति माथि देखि तलसम्मका सबै ओलीे तिर लागे र बाकी जनताप्रति उत्तरदायि भएका जनता माधव नेपाल तर्फ लागे जुन अहिले एकिकृत समाजबादी भनेर गठबन्धन दल भित्र नै छ ।” दाहालले भन्नुयो ।
    २०१७ सालमा तत्कालिन राजा महेन्द्रले कू गर्दा कम्युनिष्ट र कांग्रेसहरु एकजुट भएर सडकमा निस्किएको भए जनताले साथ दिने र त्यतीबेला नै महेन्द्रको प्रतिगमन परास्त हुने दाहालको भनाई रहेको थियो ।