• असोज २९, सिन्धुली/नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज, बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार लेखनाथ दाहाल (राजन) ले केपि ओली भ्रष्ट्र र राजावादीहरुको नायिके रहेको वताउनुभयो ।
    बाम लोकतान्त्रिक गठबन्धन दलका मरिण गाउँपालिका स्तरीय संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भन्नु भयो, “केपि ओली र अहिले रहेको ओली एमाले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता विरोधी, राजावादीहरुको नायिके हुन् ।” कार्यक्रममा बोल्दै नेता दाहालले, “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई लत्याउदै संसद विघटन गरेपछि ओलीको असली रुप थाहा पाएर माधव नेपाल, झलनाथ खनाल लगाएतका गणतन्त्रवादी नेताहरुले ओलीको साथ छाड्यो, अहिले ओली र ओली एमाले राजावादी कमल थापा र राजेन्द्र लिङ्देलको सरणमा पुगेको छ” भन्नु भयो ।
    विभाजित राजावादीहरुलाई एकठाउमा ल्याएर ओलीले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई सिध्याउन राजावदीहरुसँग पाँचदलिय गठाबन्धन गरेर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आएको भन्दै नेता दाहालले एमाले भित्र रहेका गणतन्त्रवादी जनसमुदायिलाई भ्रमित नहुन र गणतन्त्र नेपालको रक्षाको लागि बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न आग्रह गर्नु भयो । ओली सरकारमा रहँदा यति, ओम्नी, स्वास्थ्य सामाग्रि खरीद जस्ता ठूल–ठूला काण्डबाट अरबौ कुम्ल्याएर शक्तिशालि बन्न खोजेको नेता दाहालले वताउनु भयो ।
    नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका कमिटिको अध्यक्ष काजीमान थिङको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश १ का उम्मेदवार छेत्र बहादुर बम्जन, प्रदेश सभा १ का उम्मेदवार गंगानारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ का संयोजक बसन्त माझी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ का सह–संयोजक कुमार ढकाल लगाएतले मन्तव्य राख्नुभएको थियो ।
    बैठबकले ४ सय ९५ सदसीय गाउँपालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बैठकले वडा स्तरीय निर्वाचन परिचालन समिति तथा मतदाता शिक्षा समिति सोमवार सबै वडामा एकै दिन गठन गर्ने समेत निर्णय गरेको छ ।