• असोज २३, सिन्धुली/मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा अग्रगामी बाम लागकतान्त्रीक गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) ले टिकट प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)ले मध्यराती उमेद्वारी टुङयाएको हो ।
    सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा लोकप्रिय नेता राजन दाहालको नाम आए पछि पार्टीका कार्यकता तथा शुभचिन्तक उत्साहित भएका छन् । जनताको हरेक दुःख सुखमा सहकार्य गर्ने लोकप्रिय नेता दाहाल २०५६ सालबाट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरुवात गरेका थिए ।
    दाहाल २०७४ को निर्वाचनमा बागमती प्रदेश सभा सदस्यमा सिन्धली निर्वाचन क्षेत्र नं. १ को (क) बाट निर्वाचित हुनुभएको थियो । नेकपा (माओवादी केन्द्र)बाट सिन्धुलीबाट २ पटक प्रतिनिधिसभा सदस्य भएका उप–महासचिव गजुरेललाई पछिपार्दै पोलिटब्यूरो सदस्य दाहालले सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको टिकट पाएका छन् ।
    यस्तै प्रदेश तर्फ निर्वाचन क्षेत्र नम्बर २ ‘ख’मा गठबन्धन दल नेपाल समाजवादीका सह-अध्यक्ष गंगा नारायण श्रेष्ठ र निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नेकपा (माओवादी केन्द्र)का मातृका भट्टराई उम्मेदवार बनेका छन् । गठबन्धनको बागबन्डामा नेपाली काँग्रेसको भागमा संघीय निर्वाचन क्षेत्र नं. १, प्रदेश तर्फ १ (ख) र २(क) र माओवादी केन्द्रको भागमा संघीय निर्वाचन क्षेत्र नं. २ र प्रदेश तर्फ १(क) र २(ख) परेको थियो ।
    नेपाली काग्रेसले भने हाल सम्म पनि उमेद्वारी टुङग्याएको छैन । उमेद्वारी छनौट विवादका कारण बैठक जारी रहेको जिल्ला सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । उमेद्वारी १० बजे भित्र टुङगिए हेलिकप्टर मार्फट सिन्धुलीमा आएर उमेद्वारी दर्ता गराउने, ढिलो भए निर्वाचन आयोगमा नै उमेद्वारी दर्ता गराउने तयारी भई रहेको जिल्ला सभापति पाख्रेलले जानकारी दिनुभयो ।