• असोज १, सिन्धुली /एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सिन्धुलीको छैठौं जिल्ला अधिबेशन सुरू भएकोछ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिवको प्रमुख आथित्यतामा उद्घाटन समारोह सुरू भएको हो। उद्घाटन कर्यक्रममा पोलिटवियुरो सदस्य राजन दाहाल, संगठनका केन्द्रीय अध्यक्ष संकरप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको छ। भोलि सम्म सञ्चालन हुने अधिवेशनमा जिल्ला भरिबाट करिब ७ सय शिक्षकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।