सेञ्चुरी बैंकले गर्यो दोश्रो पटक स्वास्थ्य बीमा वापतको दावी भुक्तानी

भदौ २१, सिन्धुली/सेञ्चुरी कमर्सियल बैंक कमलामाई शाखा सिन्धुलीले स्वास्थ्य बीमा वापतको दोश्रो पटक दावी भुक्तानी गरेको छ । बैंकले शताब्दी वचत खातावाल रिदम हायुलाई स्वास्थ्य उपचारको क्रममा भएको खर्चको बिल अनुसारको रकम बीमा दावी भुक्तानी गरेको हो ।

ग्राहकको सेवा र सुविधालाई मध्यनजर गर्दै सरल र सहजतरिकाले बिना झन्झट ४ हजार एक सय ९३ रुपैयाँ तीनपाटन गाउँपालिका वडा नं. १, बेलघारी बसोबास गर्ने रिदम हायूलाई भुक्तानी गरिएको सेन्चुरी कमर्सीयल बैंक कमलामाई शाखाका प्रवन्धक हेमहरी श्रेष्ठले जानकारी दिनुभयो । यस अघि पनि बैंकले कमलामाई नगपरपालिका वडा नं. ५ बस्ने गिरजा देवि जैसवाललाई स्वास्थ्य बीमा वापतको रकम दावी भुक्तानी गरेको थियो ।

बैंकको शताब्दी बचत खातामा रु.७ लाख सम्मको निःशुल्क बीमा सुविधा रहको छ । जसमा रु.१ लाख सम्मको स्वास्थ्य बीमा, रु. १ लाख सम्मको विभिन्न १८ वटा घातक रोगको बीमा र रु. ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहनुका साथै भिषा डेविट कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने सेन्चुरी बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *