• भाद्र १८, सिन्धुली/अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ सिन्धुलीको प्रथम जिल्ला सम्मेलन सिन्धुलीमाढीमा सम्पन्न भएको छ । महासंघको प्रथम जिल्ला अधिवेशनबाट उद्धवप्रसाद आर्चयको अध्यक्षतामा १५ सदसीय समिति गठन भएको छ ।
    नेकपा माओवादी केन्द्रका पोटिलव्युरो सदस्य तथा जिल्ला इन्चार्जको प्रमुख अथित्यतामा प्रथम जिल्ला भेला उद्घाटन भएको थियो । भेलाले उपाध्यक्षमा राम सेवक यादव र चेत बहादुर ठकुरी, सचिवमा मिनबहादुर आछामी र कोषाध्यक्षमा कुसुम वि.क. सर्वसहमत चयन हुनु भएको छ ।
    अधिवेशनले सदस्यहरुमा कमल दर्लामी, सन्तोष पौडेल, सानुदेवी श्रेष्ठ, विमला दाहाल, राजकिशोर साह, उदय कुमार शाह, दिपक खड्का र कृष्ण दोङ रहेका छन् । अधिवेशनले केन्द्रिय महासधवेश, प्रदेश महासधिवेशन प्रतिनिधि समेत चयन गरेको छ ।