• संगिता डिम्दोङ
    सिन्धुली/मरिण गाउँपालिका सिन्धुलीको वडा नम्बर ४ मा निर्माणाधिन अबस्थामा रहेको खानेपानी आयोजनाको आज मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान ‘प्रख्यात’ले अनुगमन गर्नुभएको छ । वडा नं. ४ को १ सय ३२ घरधुरीलाई ‘एक घर एक धारा’ कार्यक्रम अन्र्तगत खानेपानी आयोजनाको अध्यक्ष मोक्तानले अनुगमन गर्नुभएको हो ।
    अनुगमनका क्रममा अध्यक्ष मोक्तानले सम्झौता अनुसार नै गुणस्तरीय काम भइरहेको बताउनुभयो । संघीय सरकारको १ करोड ९२ लाख अनुदानमा निर्माणधिन रहेको खानेपानी आयोजनाको ठेक्का गौतम शक्ति अमर शान्ति देबि कन्ट्रक्सनले १ करोड २० लाखमा पाएको थियो ।
    सम्झौता अनुसार वडा नम्बर ४ को ‘एक घर एक धारा’ अबधारणा अनुरुप ट्याङकी निर्माण गर्ने, पाइप बिछ्याउने लगायतका कार्य भइरहेको अध्यक्ष मोक्तानले बताउनुभयो । निर्माण कार्य भइरहँदा ठेकेदारलाई गुणस्तरहिन तथा कमसल सामाग्रीको प्रयोग हुन नदिनको लागि आफै अनुगमनमा खटिएको मोक्तानको भनाई रहेको छ ।
    ४ नम्बर वडाबासिले बर्षो देखि खानेपानीको समस्या खेप्दै आएका छन् । खानेपानी आयोजनाको सुरु भएपछि भने वडाबासि हर्षित भएका छन् । पानि लिनको लागी टाढा जानुपर्ने बाध्यता अब हट्ने भयो भन्दै ४ नम्बर वडाबासि गुनराज बम्जनले भने खुसि ब्यक्त गर्नुभयो ।
    त्यस्तै अर्काे स्थानिय टिकाराम स्याङ्तान खानेपानीको जोहो गर्नेको लागी बिहानभरी समय ब्यतित गर्नुपर्ने स्थित अब हट्ने भयो भन्दै दङ्ग परेका छन् । हाल कन्ट्रक्सनले ७० प्रतिशत काम सम्पन्न गरेको छ । ६ महिना अगाडि बाट सुरु गरेको खानेपानी आयोजनाको काम असार १५ गते सम्म काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।