जनजाति महासंघको पाँचौ अधिवेश सम्पन्न, गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सिन्धुली/नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुलीको पाँचौ जिल्ला अधिवेशन मंगलवार सिन्धुलीमाढीमा सम्पन्न भएकाे छ । अधिवेशनले तुला गुरुङको नेतृत्वमा १० सदसीय नयाँ कार्य समिति सर्वसमत चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा सिता स्याङतान, सचिवमा इन्द्र भुजेल, कोषाध्यक्षमा अग्नी सुनुवार चयन भएको छ भने सह–सचिवमा माझी उत्थान संघलाइ चयन गरकाे छ ।
त्यस्तै सदस्यहरुमा सुसिला श्रेष्ठ, अम्बिका खुलाल, खेमबहादुर हायू, हिरण लाल अधिकारी दनुवार र सोमबहादुर थामी रहेका छन् । सिन्धुलीमा दश जातिय संस्थाहरुको जिल्ला समन्वय परिषदमा प्रतिनिधित्व रहेको छ ।


अधिवेशन उद्घाटन जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुलीका अध्यक्ष उक्तबहादुर थापा मगरको अध्यक्षता तथा बातमती प्रदेश समन्वय परिषदका अध्यक्ष काजिमान थिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जनजाति महासंघका पूर्व अध्यक्षहरु चित्रबहादुर लुङगेली, सुर्य पाख्रिन, माझी उत्थान संघको बविन्द्रलाल मझी लगाएतले मन्तव्य राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *