लकडाउनमा घरमा नै लेखपढ गर्न शैक्षिक सामाग्रि वितरण

सिन्धुली/लकडाउनका कारण विद्यालय वन्द भएका वेला घरमा नै वसेर लेख्न पढ्न ५० जना बालबालिकालाई बुधवार सिन्धुलीमा शैक्षिक सामाग्रि वितरण गरिएको छ । अमेरिकी नगरिक रोविन लिशिन्स्काई ग्रोसमेन र


रसल ग्रॉसमैनको आर्थिक सहयोगमा बद्री कार्कीले आर्थिक अवस्था कमजोर भएका ५० जना बालबालिकालाई खाना तथा शैक्षिक सामाग्रि वितरण गर्नुभएको हो ।
“आर्थिक स्थिति कमजोर भएका ५० जना बालबालिकालाई सहजताका लागि खाना उपलव्ध गराइएकाे हाे । साथै कोरोना भाइरसकाे महामारीका कारण घरमा नै लकडाउनमा बस्न बाध्य भएका बालबालिकालाई घरैबसि पढ्न सजिलो हाेस् भन्ने हेतुले शैक्षिक सामग्री वितरण गरिएकाे बद्री कार्कीले बताउनुभयाे । काेराेनाबाट थाेरै भएपनि सुरक्षित हुन सकियाेस भनेर उनिहरूलाइ मास्क पनि बितरण गरिएकाे कार्कीकाे भनाइ छ।


यो कार्यक्रमलाई सफल बनाउन रोशन मगर, ईश्वर भुजेल र विरेन्द्र भुजेलले महत्वपूर्ण सहयोग गर्नुभएकाे समेत कार्कीले वताउनुभयो । कार्कीले यस अघि गौमति माद्यामिक विद्यालय अवस्थित क्वारेन्टिनलाइ ५० थान मास्क र १५ थान सेनिटाइजर समेत उपलब्ध गराइसक्नुभएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *