ढुङ्गेबासमा निःशुल्क स्वास्थ्य तथा अकुपञ्चर उपचार शिविर, ४० भन्दा बढी लाभान्वित
सिन्धुली/सिन्धुलीको ख्रिष्टियन नयाँ करार ब्याप्टिस्ट चर्च ढुङ्गेबासको आयोजनामा आज निःशुल्क स्वास्थ्य परीक्षण तथा अकुपञ्चर उपचार शिविर सञ्चालन गरिएको छ ।
अस्पतालसम्म पुग्न नसक्ने तथा टाढा-टाढा रहेका स्थानीय नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
शिविरबाट ४० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा रक्तचाप (ब्लड प्रेसर) परीक्षण, रक्तचिनी (ब्लड सुगर) परीक्षण, मसाज थेरापी, अकुपञ्चर उपचार तथा स्वास्थ्य परामर्श लगायतका सेवा निःशुल्क प्रदान गरिएको थियो ।
शिविरमा अयुब कोइराला, तानछोमी लिम्बु, सानु माया लिम्बु, सिना राई, सुजना मगर र सविता कोइरालाले सेवा प्रदान गरेका थिए ।

चर्चका अध्यक्ष ज्ञानबहादुर कोइरालाका अनुसार शिविरको मुख्य उद्देश्य समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ शरीर, स्वस्थ जीवन र स्वस्थ समाज निर्माणमा योगदान पु¥याउनु रहेको बताउनुभयो ।
उहाँको अनुसार रोग लाग्नुअघि नै अपनाउनुपर्ने सावधानी, सरसफाइ, स्वस्थ जीवनशैली र रोगको प्रारम्भिक पहिचान तथा रोकथामका विषयमा समुदायलाई सचेत गराउन कार्यम्रक गरीएको हो ।
अस्पतालसम्म सहज पहुँच नभएका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको अवसर प्रदान गर्दै समुदायको स्वास्थ्य अवस्था सुधार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पनि उहाँले बताउनुयो ।
कार्यक्रम संचालन ख्रिष्टियन नयाँ करार ब्याप्टिस्ट ढुङ्गेबासका युवती सबिता काइरालाले गनुभएको थियो ।


