फरार रहेका एक प्रतिवादी पक्राउ

सिन्धुली/सवारी ज्यान सम्बन्धी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार दुधौली नगरपालिका १० मंगलपुर बस्ने २० बर्षीय रितिक अधिकारीलाई पक्राउ गरीएको हो ।

उहाँको अनुसार जिल्ला अदालत सिन्धुलीको २०८१ साल जेठ २८ गतेको फैसलाले सवारी ज्यान मुद्धाको कसुरमा ३ महिना कैद सजाय पाएका अधिकारी हाल सम्म पनि फरार थिए ।उनलाई गत सोमबार इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीको संयुक्त टोलिले गस्ती गर्दै जाने क्रममा पक्राउ गरीएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार उनलाई पक्राउ गरि हिजो मंगलबार सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *