माघे संक्रान्ति नजिकिए सँगै चहलपहल बढ्यो

सिन्धुली/सिन्धुलीमा माघे संक्रान्ति नजिकिए सँगै माघे संक्रान्तिका लागि सामान किन्नेहरुको चहलपहल बढ्न थालेको छ ।माघे संक्रान्तिका लागि भनेर अहिले जिल्लाको सदरमुकाममा तिलका लड्डु,सख्खर,तिल,भुजा,तरुल लगायतका सामानहरु किन्नेहरुको चहलपहल बढेको छ ।

जिल्लाको सदरमुकामको तरकारी बजार र फुटपाथका ठाउँहरुमा तरुल ,सिमल तरुल,वन तरुल,सुडुनी ,इस्कुसका जरा लागाएतका कन्दमुलहरुको माग बढ्े सँगै व्यपारीहरु लाई गा्रहकहरुको माग पुर्याउन निकै धौधौ भइरहेको छ ।संक्रान्तिमा तरुलको माग अझै बढी हुने गरेकोले गर्दा त्यस्लार्ई मध्यनजर गर्दै अहिले सिन्धुलीको सदरमुकाम आसपासका ठाँउहरुमा घरतरुल, वनतरुल र सिमलतरुल विक्रीको लागि राखीएको छ ।

माघे संक्रान्तिका दिन अर्थात माघ १ गते तरुल खाने परम्पराका कारण पनि बजारमा धेरै जसो तरुलको माग हुने गरेको कमलामाई नगरपालिका वडा नम्बर ८ का सुर्य गोलेले सिन्धुली खबरलाई बताउनुभयो ।

गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का व्यापारी कर मान गोलेको अनुसार अहिले वन तरुल प्रतिकेजी ३०० सय रुपौयाँ,घर तरुल प्रतिकेजी १०० रुपौयाँ, सुडुनी प्रतिकेजी १०० रुपौयाँ, कालो तिल प्रतिकेजी ३ सय रुपौयाँ,सेतो तिल प्रतिकेजी ३५० रुपौयाँ र इस्कुसको जरा प्रतिकेजी २ सय रुपौयाँमा विक्री बितरण भईरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *