सिन्धुलीमा राष्ट्रिय कोदो दिवस

सिन्धुली/सिन्धुलीमा पहिलो पटक राष्ट्रिय कोदो दिवस–२०८२ विविध कार्यक्रम गरि मनाइएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघको आयोजना तथा कृषि विकास कार्यालय सिन्धुलीको संयोजनमा प्रभात फेरी तथा अन्तर्क्रिया कार्यक्रम गरेर राष्ट्रिय कोदो दिवस मनाइएको हो । कोदो तथा कोदोबाट बन्ने परिकारहरु र यसको महत्वका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । कोदो खासगरि नेपालका पहाडी क्षेत्रका लगाइएने अन्नबाली हो । पछिल्लो पुस्ताले यसको बारेमा थाहा नपाउने सम्भावना निकै देखिएकाले यसको प्रवद्र्धन गर्न आवस्यक रहेको कृषि विज्ञहरु बताउँदै आएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले पहिलो पटक कोदो दिवस मनाउँदा आफूलाई निकै खुसी लागेको बताउनुभयो । साथै कार्कीले कोदोबाली तथा कोदोबाट निर्माण हुने परिकारको बजार व्यवस्थापनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले कोदो पोषणयुक्त वाली भएकाले सम्पूर्ण सिन्धुलीबासी किसानलाइ कोदो रोप्न र प्रयोग गर्न आग्रह गर्नुभयो । कोदोबाट तयार पारिएका परिकारहरुको उचित बजार नहुँदा समस्या भएको भन्दै वहाँले उद्योग वाणिज्य संघले बजार व्यवस्थापन तथा प्रवर्द्धनमा सहयोग गर्ने बताउनुभयो ।

कोदाबाली खासगरि नेपाल र भारतका पहाडी भागमा लगाइन्छ । समुन्द्री सतहदेखि १८०० मिटर उचाइसम्म यसको खेती गर्न सकिने कृषि विज्ञहरुको भनाई छ । कोदोबाट बनाइएका खानेकुराहरुको सेवनले शरिरका विभिन्न रोगहरुसंग लड्ने क्षमतामा बृद्धि हुने चिकित्सकहरु बताउँछन् । कम मलिलो र सुख्खा जमिनमा यसको खेती गर्न सकिन्छ । अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्न समेत सघाउँछ ।यसमा क्यालसियम, कार्बाेहाईड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेशादार बस्तु पाईन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *