सिन्धुली अस्पतालमा भोलि महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन हुने

सिन्धुली/सिन्धुली अस्पतालमा भोलि शनिवार महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन हुने भएको छ।
शिविर भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा तथा सिन्धुली अस्पतालको समन्वयमा संचालन हुन लागेको हो । रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचेतताका लागि उक्त शिबिर आवश्यक रहेकोले निःशुल्क शिविरको आयोजना गरिएको संचालक समितीका अध्यक्ष सतिशचन्द्र ढकालले बताउनु भयो।
ढकालको अनुसार पाठेघरको क्यान्सरका लक्ष्यणहरु जस्तै महिनावारी बाहेक अन्य समयमा रगत जाने समस्या भएका, महिनावारीको समय धेरै रगत जाने वा धेरै दिनसम्म रगत जाने समस्या भएका, तल्लो पेट धेरै दुख्ने, यौन अंगबाट फोहोर पानि जाने समस्या, महिनावारी सुकेपछि पनि रगत बग्ने समस्या तथा यौन सम्पर्कको समयमा धेरै दुख्ने वा रगत बग्ने समस्या भएका महिलाले शिविमा निशुल्क परिक्षण एबम परामर्श लिन सक्नेछन् ।
त्यस्तै स्तन क्यान्सरका लक्ष्यणहरु जस्तै स्तनमा गाठागुठि आउने, स्तन दुख्ने, स्तन वरिपरीको छालामा परिवर्तन आउने, स्तनको मुन्टोमा घाउ आउने, स्तनको मुन्टोबाट रगत वा पानि बग्ने समस्या, स्तनको आकारमा परिवर्तन आउने तथा स्तन वरीपरि रातो भएमा वा सुन्निने समस्याहरु भएका महिलाहरूले शिविरमा नि:शुल्क परिक्षण एबम परामर्श लिन सक्ने छन्।