‘भाइरल’ जङ्गलमा सरसफाइ र रङरोगन

सिन्धुली /नयाँ वर्षमा आन्तरिक पर्यटक भित्र्याउनका लागि हरिहरपुरगढी गाउँपालिका–२ स्थित ‘भाइरल’ जङ्गलमा सरसफाइ र रङरोगन भइरहेको छ ।

गाउँपालिकाको सहयोग तथा स्थानीयको जनश्रमदानबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जङ्गलको दायाँबायाँ रुखहरुमा रङ लगाउनुका साथै सरसफाइ गरिएको छ । सामाजिक सञ्जालमा भाइरल जङ्गल भनेर चिनिएको उक्त जङ्गलमा स्थानीय, छिमेकी गाउँपालिका तथा अन्य ठाउँबाट फोटो, भिडियो खिच्नका लागि मानिसहरु आउने गर्दछन् ।

घुम्न आउने पर्यटकहरुको सुविधाका लागि उक्त जंगल रहेको स्थानलाई थप व्यवस्थित बनाइने गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो । जङ्गललाई आकर्षक तथा खानेपानी लगायतको व्यवस्था गरिने उहाँले बताउनुभयो । जंगलको बीचमा शान्तभूमि भएकाले यहाँ पर्व एवं उत्सवका बेलामा पर्यटकहरुको भीड लाग्ने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *