सकारात्मक यौनिकता सम्बन्धी नागरिक सञ्जाल सदस्य र मिडियासंग सम्वाद कार्यक्रम सम्पन्न

सिन्धुली/सिन्धुलीमा सकारात्मक यौनिकता सम्बन्धी नागरिक सञ्जाल सदस्य र मिडिया संग सम्वाद कार्यक्रम गरिएको छ ।
ह्याण्स नेपाल सिन्धुलीको आयोजनामा तथा प्लान इन्टरनेशनलको साझेदारी, नागरिक समाज सञ्जालको समन्वय उक्त कार्यक्रम भएको हो। त्यस्तै कार्यक्रम बिनोद शार्माले सहजीकरण गर्नुभएको थियो ।
सम्वाद कार्यक्रम प्रजनन् स्वास्थ्य, यौन शिक्षा, यौनिकता, सुरक्षित गर्वपतन, यौन हिंसा, महिनावारी, यौन रोग, यौनिकता सम्बन्धी नेपालका कानूनहरु, किशोर अवस्थाको बिषयहरुमा छलफल समेत थियो।
कार्यक्रम ह्याण्स नेपाल सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा भएको हो । कार्यक्रममा नागरिक समाजका सदस्यहरु, किशोरी संजालका सदस्यहरु एक दर्जन भन्दा धेरै पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण बिनोद शार्माले गर्नुभएको थियो ।