चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक प्रहरी कार्यालयको राजस्व ५५ लाख ५७ हजार

सिन्धुली/जिल्ला टा«फिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको ६ महिनामा ५५ लाख ५७ हजार दुई रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा जम्मा ६ हजार ३ सय ९८ सवारी कारवाहीमा पर्दा उक्त रकम संकलन गरिएको हो ।

ट्राफिक प्रहरीले तयार पारेको तथ्यांक अनुसार सवैभन्दा बढि जीप÷कार कारबाहीमा परेका छन् । जसबाट २० लाख ८ हजार पाँच सय नौँ रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै ट्रक, बस, ट्रयाक्टर, मोटरसाइकल र अटोबाट बाँकी राजस्व संकलन गरिएको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कम राजस्व अटोबाट संकलन भएको छ ।

कारबाीमा परेका सवारीसंग प्रहरीले जरीवाना बापत नगद रकम लिनेगरेको थियो । तर प्रविधीको विकाससंगै टा«फिकले फोनपे बाट कारबाही बापतको रकम लिन सुरु गरेको छ । यसबाट राजस्व रकम अपेक्षा भन्दा कम संकलन भएको प्रहरीले बताएको छ । गत वर्षको अर्धबार्षिक राजस्व भन्दा यस वर्षको ६ महिनामा संकलन भएको राजस्व न्यून रकम हो ।

गत बर्ष सम्म नगद आम्दानी भएता पनि यो बर्षबाट इसेवा र इसेवा प्रयोग नगर्ने व्यक्तिले राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नुपर्ने नियम छ । कारवाहीमा परेका सवारीधनीले नियम उलङघन गर्दा पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने नियम रहेको छ ।

नियम मिच्नेहरु अधिकांस सरकारी कर्मचारीहरु र भिआइपिहरु रहनेगरेको प्रहरीले जनाएको छ । नबुझेर नियम मिच्नेलाई भन्दा सवैकुरा जानकार भएर पनि जानीजानी हेपेर नियम मिच्नेहरुलाई सम्झाउन निकै गार्हो हुने ट्राफिक प्रहरीहरु बताउँछन् । कतिपय अवस्थामा त धम्की समेत आउनेगरेको उनिहरुको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *