माओवादी केन्द्र सिन्धुली पालिका अधिवेशनमा जुट्दै, भोली मरिणको दोस्रो पालिका अधिवेशन
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुली पालिका अधिवेशनमा जुटेको छ । सबै पालिकाको अधिवेशनका लागि तयारी बैठकहरु सम्पन्न गरि मिति तय गरिएको छ ।
पार्टीको केन्द्रिय सर्कुलर अनुसार सबै पालिकाहरुको अधिवेशन तयारी बैठक सकेर अधिवेशनको मिति तय भएको नेपाल कम्पुनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त)ले जानकारी दिनुभयो । पार्टीको कमिटिलाई कामकाजी र विचार, सिद्धान्तमा प्रतिवद्ध बनाउन पालिका अधिवेशनको तयारीमा जुटेको जिल्ला इन्चार्ज माझीले बताउनुभयो ।
भोली मरिण गाउँपालिकाको दस्रो गाउँपालिका अधिवेशनको तयारी भएको छ भने शुक्रवार हरिहरपुरगढी गाउँपालिकाको अधिवेशनको मिति तय भएको छ । घ्याङलेख गाउँपालिकाको अधिवेशन गत शुक्रवार नै सम्पन्न भई सकेको छ भने २० गते शनिवार सुनकोशी गाउँपालिकाको दोस्रो गाउँपालिका अधिवेशनको मिति तय भएको जिल्ला इन्चार्ज माझीले जानकारी दिनुभयो ।
पौष २७ गते शनिवार फिक्कल र गोलन्जोर गाउँपालिका, माघ ३ गते कमलामाई नगरपालिका, ५ गते तीनपाटन गाउँपालिका र ७ गते दुधौली नगरपालिकाको अधिवेशनको मिति तय भएको जिल्ला इन्चार्ज माझीले जानकारी दिनुभयो ।