• असोज १८, सिन्धुली/जिल्लाको मरिण गाउँपालिका – ६ को वडा स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच मरिण गाउँपालिका अध्यक्ष बिमर्श मोक्तान ( प्रख्यात ) ले वडा स्तरिय फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
    पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगितामा छनोटको लागि आजबाट ६ नम्बर वडामा सुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मोक्तानले मैत्रीपुर्ण खेल प्रदर्शनको गर्न निर्देशन दिनुभएको छ ।
    पुरस्कार जित्नको लागि मात्रै खेल खेल्ने नभएर अनुशासित खेलाडि भएर राष्ट्रलाई विश्वसामु चिनाउने गरी मैदानमा उत्रिनु पर्ने उहाँले बताउनुभयो । विगतका खेलमा विवाद हुने, झगडा पर्ने जस्ता नकरात्मक गतिबिधि हुने गरेकोले यस्ता क्रियाकलाप अबका दिनमा दोहोरिन नहुने अध्यक्ष मोक्तानले बताउनु भयो ।
    उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला माझिले मरिणका खेलाडिले पालिका स्तरिय,जिल्ला स्तरिय र प्रदश स्तरिय खेलमा पहिचान बनाउन सफल भइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
    उहाँले अब त्यतिमा मात्रै खेलाडि सिमित नहरी राष्ट्रिय स्तरको खेलमा पनि पहिचान बनाउनु पर्ने बताउनुभयो । फुटबललाई चाडपर्वमा रमाइलोको लागि मात्रै खेल्ने नभएर गुणस्तरीय खेलाडि उत्पादनको लागि खेल्नु पर्नेमा उपाध्यक्ष माझिले जोड दिनुभयो ।
    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले राष्ट्रप्रतिको पहिचान प्राप्त गर्नको लागि खेलकुदलाई प्रयोग गरिने धारणा राख्नुभयो । उहाँले खेलकुदलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
    वडा स्तरिय खेलकुद प्रतियोगिताको लागि ६ नम्बर वडाले २ लाख ५० हजार आर्थिक सहयोग गरेको वडा अध्यक्ष हर्कबिर माझिले जानकारी दिनुभयो ।
    वडा स्तरिय युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितमा वडा भित्रका ८ वटा क्लवको सहभागिता रहेको समितिका अध्यक्ष ज्ञान बहादुर वाइबाले बताउनुभयो ।
    प्रतियोगितमा विजेतालाई २० हजार नगद,शिल्ड,मेडल र प्रमाणपत्र तथा उपविजेतालाई १५ हजार नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष वाइबाले जानकारी दिनुभयो । फुटबल प्रतियोगिताको फाइनल खेल २१ गते हुने आयोजकले जनाएको छ ।