भीरबाट लडेर घाइते बलको उपचारको क्रममा मृत्यु


भदौ ४, सिन्धुली/भीरबाट लडेर घाइते भएका मरिण गाउँपालिका-१ टुडिखेलकी ललिमाया बलको उपचारको क्रममा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कपिलाकोटले भक्तपुरको इन्टरनेसनल अस्पतालमा उपचाररत बलको आज मृत्यु भएको जानकारी दिएको हो ।

सोमबार घरदेखि अन्दाजी एक किलोमिटर पश्चिममा पर्ने जंगलमा गोठालो जाने क्रममा भीरबाट ३० मिटर तल खसेर बेहोस भएको अवस्थामा आफन्तले फेला पारी उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको थियो । सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बललाई भक्तपुर लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको इप्रका कपिलाकोटले जनाएको छ ।

मृतकको शव उनका श्रीमान् धनबहादुर थिङले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुझिलिएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *